+
+

फिल्म बनाउँदा हुने सकसको दस्तावेज हो ‘पानीफोटो ‘ : नीर शाह

खगेन्द्र लामिछानेको पुस्तक 'पानीफोटो' सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १८:५०

काठमाडौं । अभिनेता तथा लेखक खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित समारोहमा अग्रज कलाकार तथा निर्देशक नीर शाह, अभिनेत्रीहरु ऋचा शर्मा, स्वस्तिमा खड्का, सुरक्षा पन्त, निर्देशकहरु निश्चल बस्नेत, दीपेन्द्र खनाल, मनोज पण्डितलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरे ।

पुस्तक विमोचनपछि बोल्दै कलाकार तथा निर्देशक शाहले ‘पानीफोटो’ पुस्तक फिल्म बनाउन सहज छैन भन्ने दस्तावेज रहेको बताए । पुस्तक फिल्मको पाठ्यक्रममै राख्न योग्य रहेको बताउँदै उनले भने, ‘पानीफोटोले सम्पूर्ण योग्यता बोक्छ, यसले चलचित्र पढ्ने विद्यार्थीहरुलाई ग्राजुएसन गर्न चाहिने विषयवस्तु बोकेको छ ।’

निर्देशक पण्डितले फिल्म सामूहिक उत्पादन हो भन्ने कुरा पुस्तकले उजागर गरेको बताए । लेखिका शिवानी सिंह थारुले फिल्मका प्राविधिक पक्षको यात्रालाई सूक्ष्म किसिमले लेखिएको यो पुस्तकले नयाँ किसिमको सन्देश प्रवाह गर्ने बताइन् । उनले लेखक लामिछानेसँग पुस्तकका विषयवस्तुमा आधारित रहेर संवादसमेत गरिन् ।

कार्यक्रममा फिल्म निर्माता अशोक शर्मा, सौरभ राई, अभिनेत्री मल्लिका महत लगायतको पनि उपस्थिति थियो । लामिछानेको यसै पुस्तकमा आधारित नाटक केही समयअघि मञ्चन भएको थियो भने यसै नाममा फिल्म पनि प्रदर्शनमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?