+
२०औं एसियन गेम्स :

एसियन गेम्स कबड्डी : महिला टोलीको विजयी सुरुवात, पुरुषको दोस्रो हार

२०८३ असोज  ६ गते १०:२८ २०८३ असोज ६ गते १०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्समा महिला कबड्डीमा नेपालले समूह ‘बी’ अन्तर्गत थाइल्यान्डलाई ४६–४३ ले हराउँदै विजयी सुरुवात गरेको छ।
  • पुरुष कबड्डीमा नेपालले आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग ५८–४३ ले लगातार दोस्रो हार बेहोरेको छ।
  • नेपालको पुरुष टोलीले आजै तेस्रो खेल इरानसँग खेल्नेछ।

६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपालले विजयी सुरुवात गरेको छ ।

जापानको तोकाइ सिटिजन जिम्नेसियममा मंगलबार बिहान भएको खेलमा थाइल्यान्डलाई पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।  समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले पराजित गर्‍यो ।

८ टोली सहभागी कबड्डीको एक समूहमा ४ राष्ट्र छन् । नेपाल रहेको समूहमा थाइल्यान्ड, श्रीलंका र चाइनीज ताइपेइ छ । अर्काे समूहमा इरान, भारत, बंगलादेश र जापान छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

पुरुष कबड्डीमा भने नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ५८–४३ ले पराजित हुन पुग्यो । पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो । पुरुष टोलीले आजै तेस्रो खेल इरानसँग खेल्नेछ ।

पुरुष कबड्डीमा १० टोली सहभागी छन् । ५–५ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । लगातार दुई हारले नेपालको सेमिफाइनल पुग्ने सम्भावना कठिन बन्दै गएको छ ।

२०औं एसियन गेम्स एसियन गेम्स कबड्डी एसियन गेम्स महिला कबड्डी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय