+
+
Shares

फिल्म ‘परिवार’ १३ कात्तिकदेखि प्रदर्शनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रे अफ आर्ट प्रालिको ब्यानरमा बनेको फिल्म ‘परिवार’ कात्तिक १३ गतेबाट रिलिज हुने भएको छ।
  • मदन थापाको निर्देशनमा बनेको फिल्ममा प्रेम थापा र गणेश उपाध्यायको लेखन, नीरज कँडेलको छायांकन र एनबी महर्जनको एक्सन छ।
  • रमेश शाही निर्माता रहेको फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, विनिता बस्नेतलगायत कलाकारको अभिनय छ।

काठमाडौं । रे अफ आर्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘परिवार’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म कात्तिकको १३ गतेबाट रिलिजमा आउने भएको छ ।

मदन थापाको निर्देशनमा तयार भएको यो फिल्ममा प्रेम थापा र गणेश उपाध्यायको लेखन, नीरज कँडेलको छायांकन, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन, एनबी महर्जनको एक्सन छ ।

रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह-निर्माताको रुपमा छन् । शाही फिल्म प्रोडक्सन र विशआई फिल्म्ससँगको सहकार्यमा यो फिल्म निर्माण भएको हो ।

फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय छ । साथै, फिल्ममा विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना बारिश सोना र प्रियान्शु थापा लगायतका कलाकारको अभिनय छ ।

‘कहिले श्रीमानको वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ नामक थिममा यो फिल्म बनेको छ । पोस्टरमा कामेश्वरलाई महिलाको अवतारमा प्रस्तुत गरिएको छ भने लक्ष्मीलाई पुरुषको भूमिकामा प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?