नायिकाबाट निर्मात्री बन्न लागेकी छुल्ठिम गुरुङले आफ्नो बर्थ डे केक काट्दै चलचित्र ‘डायरी’को छायांकन सुरु गरेकी छिन् । काठमाण्डौको कमलादीस्थित गणेश मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको हो ।
काठमाण्डौमा केही दृश्यहरु खिचिएको छ । यसपछि चलचित्र छायांकनका लागि टोली हेटौडा र चितवन पुग्नेछ । छुल्ठिमले आफ्नो जन्मदिनमा उमेर भने लुकाइन् ।
अनिल योञ्जनले यो चलचित्रको निर्देशन गर्दैछन् । चलचित्रमा रेखा थापा, छुल्ठिम गुरुङ, सन्नी सिंह मुख्य भूमिकामा छन् । चलचित्रमा दर्शकले रुचाउने सबै खुराक हुने छुल्ठिमको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4