Comments Add Comment

गजल: अझै हतियार बनाउँछ

Prabin-Baniyaन त वार बनाउँछ, न त पार बनाउँछ

जिन्दगीले कत्ति मझधार बनाउँछ ।

 

बुद्धहरू सोच्दा हुन्, गान्धीहरू सोच्दा हुन्

किन मान्छे अझै हतियार बनाउँछ ?

 

लाग्दैन’थ्यो मलाई उसले भोलि यहाँ,

यत्ति नालायक सरकार बनाउँछ ।

 

कसले भन्छ ऊ सुरक्षित छ भनेर,

जो सुरक्षाको अग्लो दिवार बनाउँछ ।

 

यो त्यस्तो देश हो- जहाँको सरकार

स्कूल नबनाई कारागार बनाउँछ ।

ट्विटर : @prabinbaniya

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment