न्यूयोर्क फेसन विकमा अर्चना कोचरको कलेक्सनलाई र्याम्पमा प्रस्तुत गरेपछि बलिउड नायिका सन्नी लियोनी मोडलको रुपमा पनि स्थापित भएकी छिन् । न्युयोर्क फेसन विकमा सहभागी हुने उनी पहिलो भारतीय नायिका हुन् ।
सन्नीको र्याम्प मोडल बन्ने चाहना निकै पुरानो हो । करिअरको सुरुवातमा उनले मोडल बन्न निकै प्रयास गरेकी थिइन् । सन्नी भन्छिन्-‘सुरुको चरणमा मलाई मोटी र होची भनेर आयोजकले मोडलिङमा सहभागी गराएनन् ।’ उनले यो पनि भनिन्- ‘जसले मलाई मोडल बन्न सक्दिन भनेर भन्थेँ , तिनलाई मैले कुशल मोडल हुँ भनेर देखाइदिए ।’
उनको यो पहिलो र्याम्प मोडलिङ भएकाले पनि उनी हल्का नर्भस थिइन् । ‘हरेक वर्ष र्याम्पमा प्रस्तुत हुने सपना देख्थेँ तर त्यो सपना त्यसै तुहिन्थ्यो । त्यसकारण केहि हतास भएकी थिएँ’ उनले भनिन् । र्याम्पमा प्रस्तुत भईरहँदा के गर्दैछु भन्ने थाह नभएको समेत उनले बताईन् ।
प्रतिक्रिया 4