Comments Add Comment

मधेस आन्दोलनका घटना छानविन गर्न गठित आयोगले पूर्णता पायो

२९ भदौ, काठमाडौं । सरकारले मधेस आन्दोलनका क्रममा भएका घटनाहरुको छानविनका लागि गठन गरेको आयोगलाई पूर्णता दिएको छ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग बनाए पनि पूर्णता पाएको थिएन ।

Girish_Chandra_Lal
गिरिशचन्द्र लाल

बुधबार यसले पूर्णता पाएको छ । आयोगका सदस्यहरुमा नेपाल प्रहरीका  पूर्व एआईजी नवराज ढकाल, अनुसन्धान विभागका सुवचन्द्र झा र नायव महान्यायाधिवक्ता सूर्य कोइराला तोकिएका छन् ।

कानुनविदको तर्फबाट सूर्य कोइराला, महिला तथा अदिवासी जनजातिको तर्फबाट सजन लोप्चन सदस्य तोकिएका छन् ।समितिको सदस्य सचिवको जिम्मेवारी गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख यादव कोइरालालाई दिइएको छ ।

मधेसी मोर्चासँग भएको छलफलमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मुद्दा फिर्ताबारे आवश्यक गृहकार्य भइरहेको बताए ।

मुद्दा फिर्ताका लागि मधेसी मोर्चाले सूची बुझाएको छ । तर, कानुनी प्रक्रियाबारे अझै छलफल भइरहेको निधीले बताए । यसमा नभए अन्तिममा मन्त्रिपरिषदबाटै मुद्दा फिर्ताको निर्णय गरेर भएपनि सहमति कार्यान्वयन गर्ने गृहमन्त्री निधिले आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment