Comments Add Comment

मदारीले जमुरे नचाउँदैमा संविधान संशोधन हुँदैनः ओली

'एमालेले मधेसी जनताको कुरा सुन्छ,चारजना जमुरेको होइन'

Kp-oli

१ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संसदलाई विदेशीले आफ्नो इशारामा नचाउन खोजेको भन्दै त्यसलाई आफ्नो दलले सफल हुन नदिने बताउका छन् ।

मोतिदेवी स्मृति केन्द्रले बनाएको जेष्ठ नागरिक आवास भवनको शनिबार भीमढुंगामा शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री ओलीले मदारीले बाँदर नचाए जस्तो विदेशीले नचाउन खोजेको बताए । उन भने-यो सरकार मेड इन समहृवेयर, एसेम्बल्ड इन नेपाल जस्तै हो । अहिले संविधान शंसोधनका नाममा मदारीले जमुरे नचाए जस्तै नचाउन खोजिएको छ ।’

चार जना व्यक्तिले भनेका भरमा विदेशीको एजेण्डा अनुसार संविधान संशोधन नहुने ओलीले बताए । उनले भने-चार जना व्यक्तिको इच्छालाई मधेसी जनताको इच्छा भन्ने ? मधेसी जनताको चाहना पूरा हुन्छ, तर, चार जना जमुरे नाच्दैमा संविधान संशोधन हुँदैन ।’

देशको सीमानाबारे विदेशीले बोल्न नमिल्ने भन्दै ओलीले नेपाली जनताको चाहना विपरित एमालेले कुनै पनि कुरामा सम्झौता नगर्ने प्रष्ट पारे ।

मोति देवी स्मृति केन्द्रले निर्माण गरेको जेष्ठ नागरिक आवास केन्द्रमा वाम तथा लोकतान्त्रिक आन्दोलनमा लागेर बुढेशकालमा सहारा नपाएका योद्धाहरुलाई राखिने एमाले काठमाडौं जिल्ला सह इन्चार्ज सुरेन्द्र मानन्धरले बताए ।

नेपाल कम्युनिस्ट पार्टीकी संस्थापक सदस्य मोतिदेवी श्रेष्ठको स्मृतिमा गठित केन्द्रको अध्यक्ष एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment