+
+
Shares

खोपमा भ्रष्टाचार भयो भन्ने नेताहरुलाई स्वास्थ्यमन्त्रीको चेतावनी : बुझेर मात्र बोल्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २८ गते १६:२५

२८ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमिता नभएको दाबी गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्री त्रिपाठीले खोप आयातमा सरकारले एक पैसा पनि कसैलाई कमिसन नदिएको बताए । मन्त्री त्रिपाठीले भने, ‘बोल्न त बोल्नुस्, बुझेर मात्र बोल्नुस् । अनर्गल, झुटा अफवाह र आत्मरतिका लागि नबोल्नुस् ।’

कमिसनका कारण ५० लाख डोज खोप आयात प्रभावित भएको खबरहरु सार्वजनिक भएपछि भ्रष्टाचार भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपालले वक्तव्य दिएका थिए ।

नेताहरुलाई बुझेर मात्र बोल्न चेतावनी दिएका मन्त्री त्रिपाठीले भारतको सेरम इस्न्टिच्युटबाट ५० लाख डोज खोप किन खरिद हुन सकेन भन्ने चाहिँ खुलाएनन् ।

उनका अनुसार सेरमसँग नेपालले खरिद गरिसकेको १० लाख डोज खोप कहिले आउँछ भन्ने टुंगो छैन । कम्पनीमा भएको आगलागी, भारतमा महामारी फैलिएपछि खोप निर्यातमा रोक लगाउँदा खोप आउन ढिला भएको भन्दै उनले भने, ‘एउटा कम्पनीलाई २० प्रतिशत निर्यातका लागि अनुमति दिइसकेको छ । सेरमले पनि अनुमति पाउनासाथ पहिलो देशका रुपमा नेपालमा खोप आउँछ भन्ने विश्वासमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?