Comments Add Comment

संविधान दिवसमा कोरियामा कविता प्रतियोगिता

Poetry Programसोल । संविधान दिवसको अवसर पारी दक्षिण कोरियास्थित नेपाली दूतावासले आयोजना गरेको कविता प्रतियोगितामा कवि जीवन खत्री प्रथम भएका छन् ।

आइतबार दूतावास परिसरमा आयोजित प्रतियोगितामा ‘माहुरी जिन्दगी’ शीर्षकको कविताबाट उनले प्रथम पुरस्कार जितेका हुन् । यस्तै, ‘विशाल नेपाल’ शीर्षकको कविताका लागि सुरेश सम्बाहाम्फे र ‘रंगीन बचेराहरु’ बाट प्रमोद गौतम तृतीय भए ।

दूतावासले नेपालको संविधान तथा राष्ट्रिय दिवस २०७३ को अवसर पारी देशप्रेम तथा नेपालको विकासको सेरोफेरोमा कोरियामा रहेका नेपालीहरुबीच कविता प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा २० प्रतियोगी कवि छनोट भएकोमा तीमध्ये ११ जनाले कविता वाचन गरेका थिए ।

कोरियाका लागि कार्यवाहक राजदूत किरण शाक्य र श्रम सहचारी देवराज ढकालले विजयी कविहरुलाई ट्रफी र सम्मानपत्र अर्पण गरेका थिए । संविधान दिवस असोज ३ गते (सेप्टेम्बर १९) मा पर्ने भए पनि कोरियामा समयानुकूल बनाउन एक दिनअघि नै गरिएको जनाइएको छ । यस अवसरमा दूतावासले रात्रिभोजको समेत आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment