Comments Add Comment

यात्रुलाई साझाको दशैं उपहार,चढ्ने होइन त नयाँ बस ?

काठमाडौं भित्रिए साझाका सानदार बस

 

Sajha_ New_Bus

३ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा उदाहरणीय सार्वजनिक यातायात मानिएको साझा यातायातले नयाँ बसहरु भित्र्याएको छ । र, अबको केही दिनमा काठमाडौंको सडकहरुमा यो बस गुड्नेछ ।

काठमाडौं महानगरपालिकालाई १० करोडको शेयर बेचेर साझा यातायातले ३० वटा नयाँ बस किनेको छ । जसमध्ये १५ भन्दा बढी काठमाडौं आइसकेका छन् भने बाँकी वीरगञ्जबाट भन्सार पास भएर आउने क्रममा छन् ।

अपांगमैत्री र आरामदायी

बसमा दुईवटा ढोका छन् र दुबै फराकिला छन् । बसको पछिल्लो भागको ढोकाबाट ह्वील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्नेछन् । त्यसका लागि म्यानुअल लिफ्टको सुविधा उपलब्ध छ ।

Sajha Bus (11)

 

बसमा दुईवटा ह्वील चेयर अटाउने स्पेश छ । र, बसभित्र ह्वीलचियर अड्याएर सिटबेल्ट बाँधेर बस्न सकिन्छ ।

यी नयाँ बस झण्डै ११ मिटर लामा छन् । काठमाडौंका सडकमा यात्राका लागि यी बस सुविधाजनक, आकर्षक हुने मानिएको छ । भारतीय कम्पनी अशोक ले-ल्याण्डका सर्भिस म्यानेजर अनुपकुमार स्वाइँले साझाका नयाँ बस भारतीय सडकमा गुड्ने ठूला बसभन्दा पनि आकर्षक र यात्रुमैत्री रहेको अनलाइनखबरलाई बताए ।

Sajha Bus (9)

मोबाइल चार्ज सुविधा

बसको ढोका ड्राइभरले नै अटो खुल्ने लगाउने गर्न सक्छन् । यो बसमा ४ वटा भेन्टिलेटर दिइएको छ । यसले बसभित्र बस्दा यात्रुलाई अप्ठेरो महशुस हुने छैन । गाडीका विभिन्न भागमा मोबाइल चार्ज गर्ने सुविधा पनि दिइएको छ । अहिले चार्जिङ फेसिलिटी भएका एउटा पनि बस काठमाडौंभित्र गुड्दैनन् ।

बसमा ४० वटा सिट छन् । सीटहरु अन्य बसहरुको तुलनामा ठूला छन्, जसले अभिभावकसँग यात्रा गर्ने बालबालिकालाई सहज हुनेछ । बीचभागमा पर्याप्त स्पेशका साथै ३० वटा ह्यांगर छ, जसका कारण उँभिएर यात्रा गर्दा पनि कोचिएर बस्नु पर्नेछैन ।

Sajha Bus (8)

साझाका नयाँ बसहरुमा मनोरञ्जनका लागि टिभी जडान गरिनेछ भने सुरक्षाका लागि सीसी क्यामरा पनि जोड्ने योजना रहेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।

बसको इन्टिेरियर डिजाइनिङ पनि उत्कृष्ट भएकाले यसमा यात्रा गर्नेलाई मनोबैज्ञानिक आनन्द मिल्ने कम्पनीका इञ्जिनियर स्वाइँको दाबी छ । ‘नेपालमै पहिलोपटक यस्ता बस भित्रिएका छन् । यो सुविधा र सुरक्षामा अब्बल मात्रै छैन, यो यात्रुलाई बसभित्र कम्र्फट र साइकोलोजिकल वन्डरफूल फील दिन पनि सफल हुनेछ’ उनले भने ।

बसमा प्रयोग भएको ब्याट्रीलाई बाहिरी भागमा जडान गरिएकाले आगलागी लगायतका घटना भएमा यात्रुलाई सुरक्षित राख्न मद्दत गर्ने कम्पनीले बताएको छ ।

नयाँ रुटमा जाने, पुरानोमा थप्ने

Sajha Bus (7)

साझाले ०७० को वैशाखदेखि राजधानीमा १६ वटा बस सञ्चालन गरिरहेको छ । नयाँ आउने केही बसहरु अहिले चलिरहेका रुटमै थप गरिने छ भने केही नयाँ रुटमा पनि सञ्चालन गरिने साझाका निमित्त सीइओ पाण्डेयले बताए । ‘अहिलेकै रुटमा पनि बस संख्या कम छन् । त्यसमा आवश्यक थपेर अन्य रुटमा पनि पर्मिट लिने योजना छ,’ पाण्डेयले भने ।

भिडियो हेर्नुस्

नयाँ बसलाई तिहार अघिसम्म सञ्चालन गर्ने साझाको लक्ष्य छ । पाण्डेयका अनुसार सबै बस आइसकेपछि रुट इजाजतको प्रक्रिया सुरु हूनेछ । रुट निर्धारण गर्दा सबैलाई सहज पार्ने गरी माग र यात्रको चापको अवस्था हेर्ने उनले बताए ।

अहिले नयाँ बसपार्कदेखि लगनखेलसम्म ६ वटा बस चलिरहेका छन् भने नयाँ बसपार्कदेखि त्रिभुवन विमानस्थलसम्म ४ वटा बसले सेवा दिइरहेका छन् । लगनखेलदेखि बुढानिलकण्ठसम्म ६ वटा बस सञ्चालनमा छन् ।

Sajha Bus (2)

sajha new bus 11 (2)
sajha new bus 11 (3)
sajha new bus 11 (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment