+
+
Shares

खोलाले कटान गर्दा पोखरा दोबिल्लाको बस्ती जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ४ गते ८:५८

pokhara_flood (2)४ असोज, पोखरा। पोखरा र आसपासका क्षेत्रमा केही दिनयता परेको अविरल वर्षाका कारण पोखरा–१७ स्थित दोबिल्लामा रहेका विभिन्न सङ्घसंस्थासहित सिङ्गो बस्ती जोखिममा परेको छ ।

दोबिल्ला भएर बग्ने फुस्रेखोलाको कटानले गर्दा १५ घरको बस्तीसहित पक्की पुल जोखिममा परेको हो । स्थानीयवासी कमल गिरीका अनुसार दोबिल्ला क्षेत्रमा रहेका आफ्नो, धर्मबहादुर क्षेत्री, भूपेन्द्र गिरी, प्रताप राना, तारा गिरी, भीमकुमारी परियार, खेमसिंह गिरी, रेशम गिरी, होमबहादुर राना मगर, कमानसिंह गुरुङ, बुद्धिसागर पौडेल, दीपक अधिकारी, सरस्वती छन्त्याल लगायतका घर उच्च जोखिममा छन् ।

pokhara_floodखोलामाथिको पोखरा–१७ र २३ जोड्ने पक्की पुलको पूर्वपट्टिको भाग केही खसिसकेको छ ।

स्थानीयवासीले कटान नियन्त्रणका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् । बेलैमा सरकारले ध्यान नपुर्याए फुस्रेखोला र सेतीनदी बीचको क्षेत्रमा रहेका चर्च, सहारा एकेडेमी, ओशो तपोधाम लगायत स्थान जोखिममा पर्ने गिरीको भनाइ छ ।

तस्वीरः अनन्त भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?