Comments Add Comment

भारतसँग तेल खरिद सम्झौता ५ वर्ष लम्ब्याउने तयारी

Indian-Oil
४ असोज, काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरशन (आइओसी)सँग थप पाँच वर्षका लागि पेट्रोलियम पदार्थ र ग्यास खरिदको सम्झौता गर्ने भएको छ । आइओसीसँग ५ वर्ष अघि भएको ब्यापार सम्झौताको म्याद आगामी मार्च महिनामा सकिँदैछ ।

त्यसअघि नै दुई कम्पनीबीच तेल ग्यास र खरिद-विक्रीको नयाँ सम्झौता हुनेछ । प्रत्येक ५-५ वर्षमा यो सम्झौता नवीकरण गर्ने गरिएको छ ।

सम्झौता लम्ब्याउने पूर्व तयारीका लागि आज निगमको जम्बो टोली भारत प्रस्थान गरेको छ । आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का नेतृत्वमा ६ जनको टोली भारत गएको हो ।

आयल निगमको टोलीलाई ब्यापार सम्झौता नवीकरण गर्नेबारे छलफल गर्न आइओसीले नै बोलाएको हो । भारत प्रस्थान गर्नुअघि आयल निगमका प्रवक्ता भानुभक्त खनालले आइओसीसँग अब हुने ब्यापार सम्झौतालाई प्रभावकारी र दूरदर्शी बनाउन छलफल हुने बताए ।

उनले भारतसँग पूर्ण रुपमा निर्भर रहेको नेपाली तेल बजारको मागअनुसारको आपूर्तिको प्रत्याभूतिका लागि आइओसीको नेतृत्वसँग छलफल हुने बताए ।

‘नेपालमा तेल र ग्यासको माग दिनहुँ बढदो क्रममा छ । यो अवस्थमा भारतीय आयल कर्पोरशेनले आपूर्तिलाई सहज गराउन के-के गर्न सक्छ भन्ने जानकारी लिनछौं । हाम्रा मागहरु पनि स्पष्ट रुपमा राख्ने छौं’ प्रवक्ता खनालले भने ।

आइओसीसँग अब हुने सम्झौतामा पेट्रोलियम पाइपलाइनबाट तेल खरिद गर्ने विषय पनि उल्लेख हुनेछ । यस्तै मागअनुसार आइओसीले निगमलाई तेल उपलब्ध गराउने विषय पनि सम्झौतामा समावेश गर्ने तयारी छ ।

आइओसीसँग निमले रक्सौलको तेल डिपो सरेपछि मोतिहारीबाट उपलब्ध गरउने ग्यारेन्टी गर्न पनि माग गर्ने भएको छ । यस्तै नयाँ ग्यास डिपो बनेपछि मुजप्फपुरबाट पनि ग्यास उपलब्ध गराउने ग्यारेन्टी आयल निगमले माग गर्ने प्रवक्ता खनालले बताए ।

अहिले भारतले मुजप्फपुरसम्म ग्यासको पाइपलाइन विस्तार गरेरहेको छ । त्यहाँबाट नेपाले ग्यास पाएमा निकै सहज हुने निगमको विश्वास छ ।

भारतसँग ब्यापार सम्झौताको नवीकरणको तयारी गरेको आयल निगमले चीनको पेट्रोलिम पदार्थ पनि किन्ने गरी समझदारी गरेको छ । तर, चीनको चाइना नेशनल पेट्रोलियम कर्पोरशन (पेट्रो चाइना) सँगको समझदारी अझै सम्झौतामा बदलिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment