४ असोज, काठमाडौं । सिभिल मलले विजया दशमी र दीपावलीको उपलक्ष्यमा प्रवर्द्घनात्मक कार्यक्रम ल्याउने भएको छ । ‘टीभीएस अपाचे सिभिल मल दशैं तिहार महोत्सव २०७३’ नाम दिइएको सो कार्यक्रम यही असोज १ देखि कार्तिक २७ सम्म चल्नेछ ।
कार्यक्रम अवधिमा सुन्धारास्थित सिभिल मलका पसलहरुबाट १ हजार वा सोभन्दा बढीको किनमेल गर्ने ग्राहकहरुलाई कुपन वितरण गरिने र ती कुपनहरुमध्ये गोलाप्रथाबाट चयन गरी विजेतालाई विभिन्न दैनिक, साप्ताहिक र बम्पर उपहार प्रदान गरिने छ ।
बम्पर विजेताले उपहारमा टीभीएस अपाचे आरटीआर २०० मोटरसाइकल प्राप्त गर्नेछ भने अन्यले आस्री हीराको हार, दुवई यात्राको टिकट र एल जीको एलइडी टिभी पाउनेछन् । दैनिक र साप्ताहिक उपहारमा नगद भौचरदेखि टीभीएसको स्कुटी जेस्ट र टीभीएस जुपीटरसम्म प्राप्त हुने जनाइएको छ । सो अवधिमा नियमित रुपमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत हुनेछ ।
प्रतिक्रिया 4