+
+

कंगनाले भनिन्ः ‘मलाई धम्की आयो’

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ४ गते २१:०६

kangana ranaut

मुम्बई । ऋतिक-कंगना विवाद फेरि चर्किएको छ । केहि दिनअघि मात्रै कंगना रनौतले ऋतिक रोशनको नाम उल्लेख नगरी भनिन् ‘मलाई लडाई लड्नका लागि महिलाहरुको दवाव आएको छ’ ।

तर, उनले न्यायको लागि लड्नका लागि आफुलाई कुनै पनि महिला समुहको दवाब जरुरी नभएको बताइन् । ‘अन्यायको बिरुद्ध लड्न म आफैं सक्षम छु मलाई कुनै समुहको दवाव या सहयोग जरुरी छैन’ उनले भनिन् । साथै उनले आफु महिला भएकै कारण कुनै पुरुषको बिरुद्ध नलागेको स्पष्ट पारिन् ।

बिगतको घटनाका तुलनामा पछिल्लो समय आफुले नयाँ खालको धम्कि सामना गर्नुपरेको उनको भनाई थियो । ‘मलाई कसैले धम्कि दिएका छन् त कोहि लज्जित बनाउने प्रयाश गर्दैछन्’ उनले भनिन् । यसै वर्ष जनावरीको अन्तिमा ऋतिक र कंगना विवाद सतहमा आएको थियो ।

‘आशिकी-३’ मा ऋतिकले कंगनालाई हटाएको सन्दर्भ आएपछि कंगनाले ऋतिकलाई सिल्ली याक्ट भनेर टिप्पणी गरेकि थिइन् । यसपछि उनीहरुको विवाद चर्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?