दशैमा चलचित्र ‘किङ’ नआउने भएपछि असोज २१ गते ‘सुब्बा साब’ नामक चलचित्र रिलिज हुने भएको छ । यही दिन निर्माता छविराज ओझाको चलचित्र ‘किस्मत २’ पनि प्रदर्शनमा आउँदैछ । रिलिज मिति घोषणासँगै चलचित्रको फष्टलुक पनि सार्वजनिक गरिएको छ ।
आशुतोष फिल्मस् प्रोडक्सन प्रालि र शुभ सक्षम म्युजिक प्रालिको व्यानरमा निर्माण भएको चलचित्रलाई राजु अधिकारीले निर्देशन गरेका हुन् । निर्देशक अधिकारीले चलचित्रले निजामती कर्मचारी सुब्बाको इमान्दारिता र राष्ट्र सेवा अनि सन्तान प्रतिको माया र दायित्वलाई प्रस्तुत गरेको बताए ।
हिरामणि न्यौपानेको प्रस्तुतीमा तयार भएको चलचित्रमा जीवन लुँइटेल, सरोज खनाल, गौरी मल्ल, बर्षा शिवाकोटी र जानवी बस्नेत लगायतको अभिनय छ । चलचित्रमा रामबहादुर कोइरी, कुलचन्द्र पाण्डे, जीवन अर्याल र रामु अधिकारीको लगानी छ ।
चलचित्रमा हिरामणि न्यौपानेको कथा र संगीत, शर्मिला न्यौपानेको गीत, कमल राई र गोविन्द प्रभातको नृत्य, सञ्जय तुम्रुक, डेबिट, अञ्जु पन्त, मिलन अमात्य र संयोग योगीको स्वर, सुवास देवकोटाको सम्पादन, मौनता श्रेष्ठको पटकथा तथा संवाद र पवन गौतमको छायांकन छ ।
प्रतिक्रिया 4