Comments Add Comment

प्रचण्डलाई ओलीको प्रश्न-म्यादी सरकारले चुनाव गराउन सक्छ ?

'एमाले सिमलको भुवाजस्तो उड्ने पार्टी होइन'

KP Sharma Oli, UML Chairman 1

५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको विषयमा प्रतिपक्षको भूमिका भन्दा पनि जिम्मेवार राजनीतिक दलको भूमिका निर्वाह गर्ने बताएका छन् ।

अहिले पार्टीको भूमिका फेरिएको भन्दै ओलीले अब एमालेले राष्ट्रिय सवालमा जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने बताए । तर, संविधान कार्यान्वयनको सवालमा भने जिम्मेवार दलका रुपमा प्रस्तुत हुने उनले स्पष्ट पारे ।

राजधानीमा बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकलाई पार्टी कार्यालय धुम्बाराहीमा सम्वोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘एमाले अहिले प्रतिपक्षमा छ, तर राष्ट्रियताको सवालमा, संविधान कार्यान्वयनको विषयमा प्रतिपक्षीको भूमिका भन्दा जिम्मेवार राजनीतिक दलको भूमिका निर्वाह गर्छ ।’

प्रधानमन्त्री प्रचण्डप्रति आक्रामकरुपमा प्रस्तुत भएका ओलीले एमालेलाई भारत विरोधी र मधेसी-जनजाति विरोधी भनेर बिल्ला भिराइएको भन्दै विरोध जनाए । यसलाई चिर्न पार्टीले विशेष अभियान चलाउने उनले जानकारी दिए ।

‘देशभित्रका पार्टीको आलोचना विदेशी भूमिमा गरियो, एमालेलाई भारत विरोधी पार्टीको बिल्ला भिराउने काम भयो,’ ओलीले भने, ‘एमाले भारतविरोधी वा चीन विरोधी पार्टी होइन । हाम्रो परराष्ट्र नीति सार्क, संयुक्त राष्ट्रसंघ र विमेस्टेकका वडापत्रहरुमा आधारित छन् । तर, प्रधानमन्त्रीजस्तो मान्छेले व्यक्तिकोसमेत नामै तोकेर झूठो प्रचार गरेको छ ।’

अहिले देशलाई सिथिल बनाउने खेल भइरहेको भन्दै ओलीले त्यसविरुद्ध दबाव दिने बताए । ओलीले भने, ‘एमालेको विषयमा मधेसी, जनजाति विरोधी भनेर भ्रम फैलाउने काम भइरहेको छ । यो भ्रमलाई चिर्नलाई विशेष अभियान चलाइनेछ । एमाले सिमलको भुवाजस्तो उड्ने पार्टी होइन ।’

‘म्यादी सरकार’

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा जारी भएको नेपाल-भारत संयुक्त विज्ञप्ति पनि स्वीकार गर्न सकिनेखालको नभएको ओलीले दोहोर्‍याए ।

संविधान कार्यान्वयनका लागि एमाले सरकारले कार्यतालिका बनाए पनि सरकारमै रहेका दलले गम्भीरतापूवर्क नलिएको उनले आरोप लगाए । ओलीले माओवादीप्रति लक्षित गर्दै भने, ‘बिभिन्न कानुनहरु बनाउने, आयोगहरु बनाउने लगायत विषयमा कार्यतालिका थियो तर हामी सरकारमा रहेका बेलाको दलले गम्भीरतापूर्वक लिएन ।’

प्रचण्ड नेतृत्वको अहिलेको सरकारले पनि आगामी निर्वाचनहरुलाई गम्भीरतापूर्वक नलिएको ओलीले दावी गरे । ‘फागुन-चैतमा स्थानीय चुनाव गराउने भनेको छ । पहिले हाम्रो सरकारलाई म्यादी सरकार भन्थ्यो, अहिले आफू म्याद तोकेरै आएको छ । त्यसपछि पनि आउने सरकार पनि म्यादी नै हो । यस्तो सरकारले कसरी चुनाव गराउन सक्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment