Comments Add Comment

विश्वलाई रोगमुक्त बनाउने जुकरबर्ग दम्पतिको लक्ष्य

Zuckerbergफेसबुकका संस्थापक मार्क जुकरबर्ग र उनकी पत्नी प्रिसिला चानलेे चिकित्सा अनुसन्धानका लागि ३ अर्ब डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

सनफ्रान्सिस्कोमा भएकोे एक पत्रकार सम्मेलनमा जुकरबर्ग दम्पत्तिले यो सताब्दीको अन्त्यसम्ममा सबै रोगहरुको उपचार, रोकथाम वा व्यवस्थापन गर्नु आफुहरुको एकमात्र लक्ष्य रहेको बताए ।

गत वर्षको डिसेम्बरमा स्थापित चान जुकरबर्ग इनिसिएटिभ नामक परोपकारी संस्थाले घोषित रकम वितरण गर्नेछ ।

स्मरण रहोस् पछिल्लो समयमा विश्वका प्रविधि क्षेत्रका अग्रणी व्यक्तित्वहरुले आफ्नो ध्यान स्वास्थ्यसेवाप्रति मोडिरहेका छन् ।

केहीदिन अघि मात्र माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स टूलको प्रयोग गरी क्यान्सरको समस्या समाधानका विषयमा योजना बनाइरहेको खुलासा गरकेो थियो ।

गुगलको डिपमाइन्ड युनिटले पनि रोगका पत्ता लगाउने तथा उपचार गर्ने पद्धतिमा कम्प्युटरको प्रयोग गर्ने परियोजनामा काम गरिरहेको छ ।

आइबिएम र एमआइटीले अपांग तथा वृद्धावस्थाका मानिसहरुको स्याहारमा सहयोग गर्ने कृत्रिम विवेकयुक्त पद्धतिको विकाश गर्ने बताएका छन् ।

फेसबुक संस्थापक जुकरबर्गले अघि सारेको महत्वाकांक्षी योजना मुताविक वैज्ञानिक तथा इन्जिनियरहरुलाई सँगै ल्याएर अनुसन्धानलाई तिव्र बनाउने उपकरण तथा प्रविधिको विकाश गर्ने तथा विश्वव्यापी रुपमै विज्ञान तथा अनुसन्धानमा आर्थिक सहायताको अभियानलाई बढावा दिने लक्ष्य उनको छ ।

पत्रकार सम्मेलनका क्रममा जुकरबर्ग पत्नी चानले बायोहव नामक नयाँ अनुसनधान केन्द्र स्थापनाका लागि यसअघि नै आफुहरुले ६० करोड डलर सहयोगको प्रतिबद्धता जनाइसकेको जानकारी दिँदै यसले इन्जिनियर, कम्प्युटर वैज्ञानिक, जिव वैज्ञानिक, केमिष्ट तथा अरु आविष्कारकहरुलाई एक ठाउँमा ल्याउने बताइन् ।

बायोहबले सुरुमा दुइवटा परियोजनामा काम गर्नेछ । पहिलो सेल एटलास । यो परियोजना एउटा नक्सा परियोजना हो । जस अन्तरगत सरीरका मुख्य अंगहरु नियन्त्रण गर्ने कोषहरुको विस्तृत ढाँचा तयार पारिनेछ ।

दोश्रो परियोजना भने सरुवा रोग अग्रसरता परियोजना हो । यस अन्तरगत एचआइभी, इबोला, जिका लगायतका रोगको नयाँ परीक्षण तथा खोप प्रविधिको विकाश गरिनेछ ।

सन् २१०० पछि विश्वमा मानिसहरुको औषत आयु १ सय वर्ष भन्दा बढि हुने दाबी जुकरबर्गको छ ।
जुकरबर्ग दम्पत्तिको पत्रकार सम्मेलनमा अर्का महादानी अर्बपति बिल गेट्स पनि उपस्थित थिए । गेट्सले पनि बिल एण्ड मिलिण्डा फाउन्डेसनमार्फत स्वास्थ्य अनुसन्धानमा ठूलो धनराशी खर्चिँदै आएका छन् । उनले जुकरबर्ग दम्पत्तिको कार्यको सह्राना गरेका छन् ।

स्मरण रहोस् गत डिसेम्बरमा छोरी जन्माएका जुकरबर्ग दम्पत्तिले त्यसको खुसियालीमा फेसबुकको ९९ प्रतिशत शेयर परोपकारी कार्यका लागि दान गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment