Comments Add Comment

‘गाँठो’ फ्लप हुँदा को-को लाई घाटा ?

Namrata Shrestha & Najir Hussen (1)
शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘गाँठो’ले बक्स अफिसमा निकै खराब व्यापार गर्‍यो । निर्देशक सुरज भुषालको महत्वकांक्षी यो चलचित्रले प्रदर्शन अगावै लगानी रिकभर गरेको चर्चा समेत गरिएको थियो ।

तर, चलचित्रको व्यापार कमजोर हुँदा यसले धेरै व्यक्तिलाई असर पार्ने गर्दछ । अन्य स्टारका चलचित्रमा काम गरेर सफल मानिएका थिए, कलाकार नाजिर हुसेन । दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा जस्ता कलाकारसँगै ‘वीर विक्रम’मा देखिएका नाजिरकै बलमा यो चलचित्र पनि चल्छ भन्ने विश्वास थियो, निर्माणपक्षको । तर, सोचेजस्तो भएन । सुरुमा त यो चलचित्रलाई भदौ २४ गते ‘छक्का पन्जा’सँग नै जुधाउने तयारी यसको निर्माणपक्षले गरेको थियो ।

नाजिर अहिलेको स्टार हुन् भन्दै चलचित्रमाथि उच्च महत्वकांक्षा देखाएका निर्देशक सुरज भुषाल चिप्लिए । जसले उनकै निर्देशकिय करिअरलाई समेत असर पुर्‍याएको छ ।

नायक नाजिर हुसेनको बढ्दो चर्चालाई त यो चलचित्रले धेरै तल पुर्‍याइदिएको छ । पारिश्रमिक ५ लाखसम्म माग्न भ्याएका नाजिरले अझै आफ्नो स्टारडम बनाउन मिहिनेत गर्नु पर्ने देखिएको छ । नाजिरकी प्रेमिका भनेर चर्चामा आएकी नव-नायिका नम्रता श्रेष्ठको करिअर पनि पहिलो चलचित्रबाटै धरमराएको छ । हलमा दर्शक नै नगएपछि नायिकाको चर्चा हुने कुरै भएन ।

नाजिरसँग चलचित्र क्षेत्रमा आएका अभय बरालको करिअर पनि संकटमा देखिएको छ । नेपाली चलचित्रमा एउटा चलचित्र चल्ने वित्तिकै कलाकार आफ्नो डिमाण्ड बढेको भन्दै घमण्ड गर्छन् । तर, एउटा चलचित्र असफल हुँदा सबै घमण्ड तोडिएका पनि छन् । ‘गाँठो’को व्यापारले धेरैको भविष्यमाथि नै प्रश्न उठाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment