Comments Add Comment

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न समिति गठन

६ असोज, काठमाडौं । हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सम्वन्धमा विस्तृत अध्ययन गर्न उद्योग मन्त्रालयले एक कमिटी गठन गरेको छ ।

Hetauda-Kapada-Udhyogनेपाल सरकारको पूर्णस्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द छ ।

मन्त्रालयले १५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनी, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुसाल तथा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका प्रतिनिधि छन् । यसैगरी निजी क्षेत्रबाट रामएकबाल यादव, अजय मुडबरी र विना गौतम श्रेष्ठ पनि समितिमा सदस्य छन् ।

२०३५/३६ देखि व्यावसायीक रुपमा उत्पादन शुरु गरेको कपडा उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ । बन्द हेटौडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ ।

नेपाली सेनाले बन्द हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको थियो ।

०६९ माघ १२ को मन्त्रिपरिषद बैठकले हेटौडा कारखानाको सम्पत्ति शेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment