Comments Add Comment

कारागारमा क्षमताभन्दा तेब्बर कैदी, खानबस्न समस्या

७ असाेज, बझाङ । जिल्ला कारागार बझाङमा क्षमताभन्दा तेब्बर कैदी राखिएका छन् । कैदीले चर्पी प्रयोग गर्न पनि अप्ठ्यारो भएको छ । नयाँ भवन निर्माणमा ढिलाइ हुँदा कैदीलाई समस्या देखिएको छ ।

jailकारागारको क्षमता २५ जना रहेको भएपनि जेलभित्र ५९ जना कैदी राखिएका छन् । नत खान नै पाइन्छ नत सुत्न, त्योभन्दा पनि बढी पीडा कतिखेर भूकम्प आएर जेलभित्रै भवन र पर्खाल भत्केर सबैजनाको एकै चिहान हुन्छ भने पीडा लागिरहेको छ । घरपरिवारको अनुहारै नदेखेर मरिन्छ कि भने चिन्ता लागिरहेको छ, माझी–१ घर भई विगत ९ वर्षदेखि जेल सजाय भोगिरहेका लक्ष्मण रावलले भने, “पानी परेमा सबै चुहेर भित्रै आउने हुन्छ । भूकम्प आएमा भत्किन लागेको पर्खाल भवन एकैपटक सँगै भत्कएर जेलभित्रै ज्यान जाने डरले पिरोलिरहेको छ ।”

बिहान–बेलुकाको खाना भाँडाकँुडाको अभावमा तीनपटक पकाउने गरिन्छ । आलोपालो दुई–दुई घन्टा सुत्ने गरिन्छ, पानी खान पुग्दैन, चर्पीमा त्यस्तै समस्या छ, कैदीको के बाँच्न पाउने अधिकार छैन ? धेरैपटक भोक हड्तालदेखि बिभिन्न आन्दोलन गरियो, केही सुनुवाइ नभएको दौलीचौर–४ घर भई गत २ वर्षदेखि जेल सजाय भोगिरहेका देवबहादुर बोहोराले भने, “कतिखेर भवन र पर्खाल भत्केर सबै कैदीको एकै चिहान हुने हो थाहा छैन ।”

रावल गाउँकी एक दलित महिलालाई बलत्कार गरेको मुद्दामा १३ वर्षको जेल सजायमा छन् भने र बोहोरा आफ्नै गाउँको नातेदारलाई ज्यान मारेको अभियोगमा २० वर्ष कारागारमा जेल सजायमा परेका व्यक्ति हुन् । कारागारमा निकै समस्या छ अहिले सडक डिभिजन कार्यालय बैतडीले भवन निमाणका लागि टेन्डरको आह्वान गरी निर्माण कार्य गरेको पाइएको छ ।

पानी परे सबै भित्र आउने हुन्छ, पर्खाल पनि कतिखेर भत्कने हो डर लागेको छ, करिव चार दशक पुरानो यस कारागारमा क्षमताभन्दा बढी कैदी बाध्यताले राख्नु परेको जेलर राजेन्द्रबहादुर बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment