+
+

जलेश्वर कारागारका एकजना कैदीको मृत्यु

२०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर भएका उनलाई प्रहरीले दुई वर्षअघि पक्राउ गरी साजय भुक्तानीका लागि कारागार पठाएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते ८:३१

२० माघ, जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारका एकजना कैदीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो ।

अचानक बेस्सरी पेटदुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार राति २:३० बजेतिर उनको मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार महरा पहिलेदेखि नै औषधि सेवन गरिरहेका थिए ।

२०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर गर्दै उनलाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको थियो । त्यसबेलादेखि फरारका लिस्टमा रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?