Comments Add Comment

लोकमानको नियुक्ति फाइल सर्वोच्च पुग्यो

७ असोज, काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्वन्धी फाइल शुक्रबार सर्वोच्च अदालतमा पठाएको छ ।

Lokman-Sing-Karkiमन्त्रिपरिषद कार्यालयबाट लोकमानसम्वन्धी फाइल प्राप्त भएको सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले जाकारी दिए । संवैधानिक परिषदले कार्कीलाई अख्तियार प्रमुख सिफारिस गर्न गरेको निर्णयको पुस्तिका सर्वोच्चमा पठाइएको हो ।

लोकमानको नियुक्ति सदर गर्ने आदेश पुनरावलोकनको माग गर्दै परेको निवेदनको सुनुवाईका क्रममा सर्वोच्चले नियुक्तिको फाइल सरकारसँग मागेको थियो ।

तर, सरकारले भूकम्पका कारण कार्यालय सर्नु परेको भन्दै हराएको जवाफ पठायो । लगत्तै सर्वोच्चले यसलाई गैरजिम्मेवार जवाफ भन्दै सात दिनभित्र पेश गर्न आदेश दिएको थियो ।

सर्वोच्चले लोकमानको नियुक्तिसम्वन्धी फाइल पेश नगरे कारबाही गर्ने चेतावनी दिएको थियो । र, सरकारले फाइल भेटिएको खबर गरेको थियो । शुक्रबार त्यो सर्वोच्च पुगेको छ ।

अब मुद्दाको प्रक्रिया अघि बढ्नेछ । सर्वोच्चले लोकमानसिंह कार्की अख्तियार प्रमुखको निुयक्ति सदर गर्ने पूर्व फैसलामा निस्सा हुने भनेकाले अरु मुद्दा सरह प्रक्रिया अघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment