+
+
Shares

सञ्चार माध्यममा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक छ : उपसभामुख राना

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १०:१०

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • उपसभामुख इन्दिरा रानाले सञ्चार माध्यममा पत्रकार महिलाहरुको सक्रिय सहभागिताको आवश्यकता औंल्याइन्।
  • उनले सामाजिक र संरचनात्मक बाधाहरूलाई पार गरी महिलाहरुको भूमिका विस्तार गर्न आवश्यक रहेको बताइन्।
  • नेपाल र बंगलादेशका पत्रकार महिलाहरुको मित्रता र सहयोगलाई प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको थियो।

२९ वैशाख, काठमाडौं । उपसभामुख इन्दिरा रानाले सञ्चार माध्यममा पत्रकार महिलाहरुको अर्थपूर्ण सहभागितामा जोड दिएकी छन् ।

इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद् संगको सहकार्यमा ढाकामा आयोजना गरेको कार्यक्रममा बोल्दै रानाले सञ्चार माध्यमहरुमा पत्रकार महिलाहरुले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने कुरामा जोड दिएकी हुन् ।

‘मिडियामा महिलाहरूको अर्थपूर्ण सहभागिता देखिन सकेको छैन’, उनले भनिन्, ‘पत्रकार महिलामाथि बाधा पुर्‍याउने संरचनात्मक र सामाजिक अवरोधहरू छिचोलेर अगाडी बढ्नुपर्छ ।’

राजनैतिक र सामाजिक कार्यकर्ताको रूपमा काम गर्दाका आफ्ना अनुभवहरू सुनाउँदै उपसभामुख रानाले पत्रकारहरूले सामना गरिरहेका अवरोधहरू हटाउन र सञ्चार माध्यमलाई समावेशी र महिलामैत्री बनाउन ठोस प्रयासहरूको आवश्यकतालाई जोड दिइन् ।

नेपाल र बंगलादेशका पत्रकार महिलाहरू बीचको मित्रता र सहयोगको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपाल र बंगलादेशका पत्रकार महिलाहरूका धेरै साझा समस्याको मन्थन गर्ने अवसर देखिएकोले समस्या समाधानका लागि आवाज उठ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालकी अध्यक्ष लक्ष्मी भण्डारीले मिडिया क्षेत्रमा महिलाहरुलाई व्यवसायिक बनाउन पेशेवरहरूलाई सशक्त बनाउन प्रयास गरिरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?