Comments Add Comment

पत्रकार गोपाल खनालको ‘भूराजनीति’ सार्वजनिक

Book-launch

काठमाडौं । नेपालको भूराजनीतिक अवस्था र उत्तर-दक्षिण छिमेकीसँगको सम्बन्धबारे पत्रकार गोपाल खनालद्वारा लिखित पुस्तक ‘भूराजनीति’ सार्वजनिक भएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता रामशरण महतले पुस्तकको लोकार्पण गरे ।

पूर्वप्रधानमन्त्री ओलीसहितका नेताहरुले नेपालले छिमेकीहरुसँगको सम्बन्धलाई बदलिँदो परिवेश अनुसार परिमार्जन गर्नुपर्ने, कूटनीतिक हिसाबले सन्तुलित सम्बन्ध कायम गर्दै बाह्य हस्तक्षेपलाई सामूहिक रुपमा अस्वीकार गर्नुपर्नेमा जोड दिएका थिए ।

पुस्तकमाथि विश्लेषक तुलानारायण साह र डा. राजन भट्टराईले टिप्पणी गरेका थिए ।

टिप्पणीकर्ता साहले पुस्तकमा समेटिएका विषय, सूचना र विश्लेषणहरुको निष्पक्षता नै पुस्तकको पूँजी भएको बताए । उनले पुस्तकमा भारत र चीनबारे राखिएका सूचना लाभप्रद रहे पनि नेपालबारे त्यस्तै सूचनासहितको एउटा अंश खट्किने औंल्याए । अर्का टिप्पणीकर्ता भट्टराईले पुस्तकमा उपलब्ध विवरण र विश्लेषणले विषय विज्ञहरुप्रति चुनौती खडा गरेको बताए । ‘भूराजनीति’ फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment