Comments Add Comment

करण जोहर भन्छन्-‘पाकिस्तानी कलाकारलाई देश निकाला गर्नु गलत’

Director Karan Johar. %makebig%

निर्देशक करण जोहरले पाकिस्तानी कलाकारलाई देश निकाला गरेर आतंकवाद नियन्त्रण नहुने बताएका छन् । भारतको उरी हमलापछि राज ठाकरेको महाराष्ट्र नवनिर्वाण सेनाले फवाद खान र माहिरा खान लगायत पाकिस्तानी कलाकारलाई ४८ घण्टाभित्र भारत छाड्न धम्की दिएको थियो । साथै उक्त पार्टीले ती कलाकारले अभिनय गरेको कुनै पनि हिन्दी चलचित्र प्रदर्शन हुन नदिने धम्की पनि दिएको छ ।

निर्देशक तथा निर्माता करण जोहर निर्देशित ‘ए दिल हे मुस्किल’ मा फवाद खानको पनि अभिनय छ । उक्त चलचित्र दिवालीमा रिलिज हुने भएको छ । निर्देशक जोहरले भारतीय मिडियासँग कुरा गर्दै पाकिस्तानी कलाकारलाई प्रतिवन्ध लाउँदैमा समस्या समाधान नहुने बताएका छन् ।

‘आतंकवादी हमलाले म चिन्तित छु, म जस्तै अरु धेरै चिन्तित हुनु भएको होला । कतिलाई रिस पनि उठेको होला । यसो भन्दैमा कलाकारलाई देश निकाला गरिनुहुन्न’ भारतीय मिडियासँग कुरा गर्दै उनले भने ।

कलाकारहरुले जहिल्यै रचनात्मक काम गर्दै आएको उल्लेख गर्दै उनले भनेका छन्-‘प्लिज हामीलाई छाडिदिनुहोस्, हामी चलचित्र बनाउछौं, प्रेम फैलाउँछौं । विश्वभरका मानिस हाम्रो काम देखेर खुसी छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment