Comments Add Comment

सौगात-श्रृष्टीको डेटिङ, हलदेखि सुटिङ स्थलसम्म

saugat malla and shristhi shrestha
केही दिन अगाडि मिडियासँगको कुराकानीमा नेपाली चलचित्रका चर्चित नायक सौगात मल्लले कसैसँग नजिक हुनुको अर्थ प्रेम नहुने बताएका थिए । उनले, हिमचिम बढ्ने वित्तिकै प्रेमको परिभाषा दिएर हल्ला गरिने गरिएको भन्दै गुनासो व्यक्त गरेका थिए ।

तर, सौगात मल्लले प्रेमलाई लुकाउन खोजेपनि उनी र नायिका तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ धेरै स्थानमा देखिन थालेका छन् । आइतबार श्रृष्टी र सौगात काठमाण्डौको कुमारी हलमा चलचित्र हेर्न सुटुक्क पुगेका थिए ।

मिडिया र फ्यानको आँखा छल्दै हलमा पुगेपनि यी दुइको गुपचुप डेटिङ लुक्न सकेन । यतिमात्र होइन, सौगात र श्रृष्टीको डेटिङ सुटिङ स्थलमा पनि हुने गरेको उनीहरु निकट चलचित्रकर्मी बताउँछन् । श्रृष्टीले सौगातलाई भेट्न पोखरा पुगेको खबर सार्वजनिक भएपछि यी दुइको निकटता प्रष्टिएको हो ।

यसपछि, काठमाण्डौमा पनि श्रृष्टी सौगातको छायांकन स्थलमा पुग्ने गरेको खबर सार्वजनिक भएका थिए । सौगात मल्लसँग काम गर्न र डेटिङ जान मन छ भनेर चर्चामा आएकी श्रृष्टी अन्तत उनै सौगातसँग प्रेमको यात्रामा रमाइरहेकी छिन् । कतै, श्रृष्टीले समुन्द्री विचमा लेखेको एस लभ एसको अर्थ पनि सौगात लभ श्रृष्टी त होइन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment