Comments Add Comment

गाउँमा बैंक शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने

भूकम्प प्रभावित जिल्लामा शाखा स्थानान्तरण गर्न सहज

Nrb-810११ असोज, काठमाडौं । ग्रामीण इलाकामा बैंक शाखा खोल्न अब राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने भएको छ । शाखा खोल्नुपूर्व राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्थालाई केही सहज बनाउँदै राष्ट्र बैंकले मंगलबार यस्तो परिपत्र जारी गरेको हो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक शिवनाथ पाण्डेको हस्ताक्षरमा जारी परिपत्रअनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबाहेक अन्य स्थानमा शाखा खोल्न यस बैंकको पूर्वस्वीकृति लिनुनपर्ने उल्लेख छ ।

तर, बैंक सञ्चालक समितिले ग्रामीण इलाकामा शाखा खोल्ने निर्णय गरेको ७ दिनभित्र भने राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने परिपत्रमा उल्लेख छ ।
०६८ सालमा राष्ट्र बैंकले शाखा खोल्नुभन्दा अघि बैंकहरुले राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको थियो ।

शाखा स्थान्तरण गर्दा सहज

राष्ट्र बैकले भुकम्पबाट अति प्रभावति काठमाडौं उपत्यका वाहेकका जिल्लाहरुमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखाहरु स्थानान्तरण गर्दा स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ । ‘भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा रहेका बैंकका शाखा यथास्थानमा रहन असुविधा भए त्यही जिल्लाको अन्य स्थानमा स्थानान्तरण गर्न यस बैंकको पूर्वस्वीकृति लिइरहनु पर्ने छैन,’ परिपत्रमा भनिएको छ ।

परिपत्र हेर्न यहाँ क्लिक गर्नोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment