Comments Add Comment

अजय र काजोलमाथि अमेरिकामा फ्यानको यस्तो आक्रोश

<>

आफ्नो नयाँ चलचित्र ‘शिवाय’को प्रमोशनका लागि अमेरिका पुगेका बलिउडका चर्चित जोडी अजय देवगण र काजोलमाथि फ्यानले आक्रोश व्यक्त गरेका छन् ।
काजोल अहिले पति अजयको चलचित्रको प्रमोटका लागि उनीसँगै छिन् । अजय यो चलचित्रका निर्माता, निर्देशक र कलाकार पनि हुन् ।

अजय र काजोलसँग भेटघाट गर्न, तस्बिर खिचाउन र कुराकानी गर्नका लागि भन्दै अमेरिकाका विभिन्न शहरमा कार्यक्रम आयोजना गरिएका छन् । जसमध्ये, केही स्थानमा काजोलको व्यवहारका कारण फ्यान आक्रोशित भएका छन् ।

उनीहरुले आयोजकसँग हरेक शहरमा पत्रकार सम्मेलन गर्ने, फ्यानसँग केही घन्टा बिताउने गरि संझौता गरेका थिए । तर, गरिएको सहमती पालना नभएपछि केही स्थानमा फ्यानले टिकटको पैसा फिर्ता मागेका थिए । महंगो रकममा टिकट विक्री गरिएको थियो ।

न्यूयोर्कमा काजोल बिरामी भएको भन्दै केही समयमै स्टेज छाडेर हिडेपछि फ्यान आक्रोशित भएका हुन् । उनीहरुले आयोजकसँग पैसा फिर्ता मागेका छन् भने केही आयोजकका टिममाथि हातपात पनि गरेका छन् ।

काजोल विरामी भएको भन्दै कार्यक्रममा लामो समय बसिनन् भने तस्बिरका लागि पोज पनि दिन मानिन् । क्यालिफोर्नियाको कार्यक्रम पनि निकै खराब भएको केही भारतीय मिडियाले उल्लेख गरेका छन् । कार्यक्रममा उपस्थित एक दर्शकका अनुसार-‘यो कार्यक्रम निकै खराव थियो । अजय फ्यानलाई भेट्न उपस्थित थिए भने काजोलले त्यो पनि आवश्यक ठानिनन् ।’

अञ्जना नाम गरेकी एक फेसबुक प्रयोगकर्ताले कार्यक्रम निकै खराब भएको र अजय र काजोललाई अमेरिका आउन नै रोक लगाउनु पर्ने भन्दै आक्रोश व्यक्त गरेकी छिन् । आफूले हलिउड कार्यक्रम छाडेर अजय र काजोललाई भेट्न आएको तर यो पल निकै खराव भएको उनले फेसबुकमा लेखेकी छिन् । उनले अजय र काजोललाई खराव शब्द प्रयोग गर्दै संसारकै खराव मान्छे भएको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment