श्रीलंकामा भएको जाफ्ना इन्टरनेशनल सिनेमा फेस्टिभलमा नेपालको ‘कालो पोथी’ ले अवार्ड जितेको छ ।
मीनबहादुर भामले निर्देशन गरेको फिल्मले महोत्सवमा बेस्ट डेब्यू अवार्ड जितेको हो । यस्तै, उत्कृष्ट सर्ट फिल्मको अवार्ड बेलायतका हिरन बालासुरिया निर्देशित ‘द जोयज फार्मर’ को पोल्टामा परेको छ ।
महोत्सवको यो दोस्रो संस्करण श्रीलंकाको उत्तरी प्रान्तको राजधानी जाफ्नामा सेप्टेम्बर २३ देखि २७ तारिखसम्म आयोजना भएको थियो ।
कालो पोथीले गत वर्षको भेनिस फिल्म महोत्सवमा क्रिटिक्स विक पुरस्कार जितेको थियो । सो फिल्म यस वर्ष ओस्कार अवार्डमा विदेशी भाषाको फिल्ममा प्रतिस्पर्धा गर्न नेपालको प्रतिनिधित्व गर्दै पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4