+
+
Shares

विवादास्पद मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता

न्याम्सको अगाडि मनमोहन थपिने

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १३ गते १४:०३

Prachanda-Cabinet-1

१३ असोज, काठमाडौं । सरकारले विवादास्पद मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको छ । साथै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को नामका अगाडि मनमोहन थप्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संसदमा विचाराधिन रहेको विधेयक फिर्ता लिने निर्णय गरेको छ । साथै न्याम्सको नाम परिर्वतन गर्ने सिनेट बैठकको निर्णयलाई अनुमोदन गरेको छ ।

डा. गोविन्द केसीसँग भएको सहमति अनुसार स्वास्थ्य मन्त्रालयले प्रस्ताव लगेको थियो । अब न्याम्सको ऐन संशोधनका लागि संसदमा विधेयक लैजानेछ ।

केसीको आठौं अनसनका क्रममा सरकारले विधयेक फिर्ता दिने र मनमोहन अस्पताललाई न्याम्सले किन्ने समझदारी गरेको थियो ।

सहमाति कार्यान्वयनको माग गर्दै डा. केसी नवौं अनसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?