Comments Add Comment

यस्तो छ विधान श्रेष्ठको नयाँ गीत

bidhan-shrestha
काठमाडौं । विधान श्रेष्ठको गीत सुनेर मनोरञ्जन लिने दर्शकको लागि खुसीको खबर । उनको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

शब्द, संगीत छानेर मात्रै गाउने विधान नेपाली संगीतमा चुजी गायकको रुपमा चिनिन्छन् ‘संख्या बढाउनेतिर कहिल्यै सोचिन’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने ।

के गछ्र्यौ माया शीर्षकको गीतमा अभय पाण्डेको शब्द रहेको छ भने सुनिल शाहले संगीत दिएका छन् । भिडियोको निर्देशन उनकै भाइ विधेयक श्रेष्ठले गरेका छन् ।

गीत गाउनु अघिसम्म विधान र शब्द लेखक अभयको चीनजान थिएन । एकजना साथीले शब्द उपलब्ध गराएपछि चित्त बुझेर उनले गाएका थिए । उनका बुबा विजय श्रेष्ठ आफैंमा कुशल गीतकार हुन् । दिप श्रेष्ठको धेरै गीतमा स्वर दिएका बिजय आफैं पनि गीतमा स्तरियता खोजी गर्ने पात्र हुन् । ‘बाबाको प्रेरणाले पनि मलाई स्तरिय गीत छान्ने वातावरण मिल्यो विधानले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment