Comments Add Comment

पर्यटन ब्यबसायी बन्न चाहन्छिन् ‘मिस टुरिजम’

miss-turismकाठमाडौं । मिस टुरिजमको उपाधि जितेकी ओरुषा थापाले पर्यटनमै भविष्य खोज्ने योजना बनाएकी छिन् । मेनेजमेन्टकी विद्यार्थी ओरुषा अलि पछि पुख्यौली पेशालाइ निरन्तरता दिने सोचमा छिन् ।

‘मेरो बुबाले म सानो छँदा पर्यटन ब्यबसाय गर्नुहुन्थ्यो । म पनि पछि पर्यटनलाई नै मुख्य पेशा बनाउछु’ ओरुषाले भनिन् । बुबा पर्यटन ब्यबसायमा आबद्ध भएकाले उनका घरमा कुनै समय विदेशी पर्यटक नै पाहुना बनेर आउथे ।

‘आमा र बुबाका साथीहरु विभिन्न मुलुकका हुनुहुन्थ्यो, उहाँहरु घरमा आउदा मलाई निकै रमाइलो लाग्थ्यो’ ओरुषाले भनिन् । उनलाई त्यतिवेलै लाग्थ्यो । पर्यटन ब्यबसाय गर्न पाए सधै नयाँ नयाँ साथीहरुसंग भेट भईरहन्छ ।

विदेशी पर्यटक पाहुना बनेर आउनेक्रम अहिले पनि उनको घरमा जारी छ । भन्छिन् ‘मेरो घरमा बुबा र ममीका मात्रै हैन मेरा पुस्ताका साथीहरुलाई आउने वाताबरण बनाउछु’ ।

पर्यटनमा नेपालको भविष्य उज्जल देख्छिन् यी सुन्दरी । हाम्रो मुलुक प्राकृतिक रुपले सम्पन्न भएको धारणा राख्ने ओरुषा यसको प्रचारको भने खाँचो रहेको बताउँछिन् ।

उनको बुझाइमा भूकम्पपछि नेपाल असुरक्षित छ भन्ने सन्देश गएको छ विश्वमा । यो भ्रम चिर्नका लागि सामाजिक सञ्जाल र युवा पुस्तालाई परिचालन गर्नुपर्ने धारणा राख्छिन् ।

सामाजिक सञ्जाल मार्फत युवा पुस्तालाई परिचालन गरेपछि नेपालको वारेमा सकारात्मक सन्देश दिन सकिन्छ भन्ने उनलाई लागेको छ ।

भूकम्पले भत्केका पुराना सम्पदाको पूर्ननिर्माणसंगै युवा पुस्तालाई पर्यटनसंग जोड्यो भने नेपालमा आर्थिक समृद्धि सहज हुने उनको बुझाई छ ।

अब म्युजिक भिडियो

अहिलेसम्म सिमित र्‍याम्प सोमा सहभागी भएकि ओरुषा अब म्युजिक भिडियोमा जम्ने योजनामा छिन् । केहि म्युजिक भिडियोवाट अभिनयको प्रस्ताव आएको सुनाउदै छानेर मात्रै काम गर्ने बताईन् । चलचित्रमा अभिनय गर्ने चाहना भने छैन उनलाई । भन्छिन् ‘फिचर फिल्ममा अभिनय गर्दिन होला ।’

केहि वर्ष म्युजिक भिडियोमा अभिनय गरेपछि पर्यटन ब्यबसाय सुरु गर्ने उनको सोच छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment