+
+
Shares

पहिरोले सिन्धुपाल्चोकमा एकै परिवारका तीनको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १५ गते ८:१४

landslide2१५ असोज, सिन्धुपाल्चोक । अबिरल वर्षापछि आएको पहिरोले सिन्धुपाल्चोकमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राम्चे गाउँ विकास समिति ७ पुराना गाउँका ३५ वर्षीया रामकुमार तिमिलिसना ,उद्धब तिमिल्सिना र उनको श्रीमती सम्झना तिमिल्सिना रहेका छन् ।

अविरल वर्षापछि आज बिहान ३ बजेतिर घर माथीबाट आएको पहिरोले पुरेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिए ।

पहिरोले पुरीएका अन्य दुइ जनाको भने स्थानीयले उद्धार गरेका थिए । पहिरोले पुरीएका मध्ये रामकुमारको शव फेला परेको छ भने अन्य दुइ जनाको पहिरोबाट लाश निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । पहिरोले दुइ वटा अस्थाई टहरा समेत पुरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?