नेपाली चलचित्रको पाश्र्व गायनमा अहिले सफल मानिन्छन् गायक यूवराज चौलागाई । यूवराजले गाएका ‘तिमीलाई के भनु, हाँरे हाँरे’ जस्ता गीत सर्वाधिक सफल भए ।
उनै यूवराज विभिन्न एल्बममा पनि आफ्नो आवाज दिन्छन् । सोम राइको शब्द र रिमेश कुमारको संगीत रहेको गीत ‘दुई दिनलाई मुटु चल्दै छ मुटु’ बोलको गीत सार्वजनिक भएको छ । संगीतकार रिमेशले करिब ५० वटा गीतमा संगीत दिइसकेका छन् । रिमेश म्यूजिक नगरीमा आफू संघर्षरत भएको बताउँछन् ।
यो गीतको संगीतबाट आफूले धेरै नै आशा गरेको उनको भनाई छ । भिडियोलाई अनन्त तिमिल्सिनाले निर्देशन गरेका हुन् । भिडियोमा शिल्पा पोख्रेल, डाक्टर राम इश्वर यादव र सुजितको मोडलिङ छ । भिडियोमा रामकुमार केसी, टेकेन्द्र शाहको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4