+
+

निखिलकी बेहुली प्रियंका !

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १६ गते १६:४२

nikhil and priyanka
नायक निखिल उप्रेती रियल लाइफमा बेहुला बनेको तस्बिर त दर्शकले हेर्न पाएका छैनन् होला । किनकी, निखिलको बिहेको तस्बिर मिडियामा सार्वजनिक भएको छैन । २ पटक जीवनमा बिहे गरिसकेका निखिल बेहुला बन्दा कस्तो देखिन्छन् होला ?

यता, नायिका प्रियंका कार्की पनि रियल लाइफमा बेहुली बनेको तस्बिर दर्शक र मिडियाले देखेका छैनन् होला । अब, भने निखिल बेहुला र प्रियंका बेहुली बनेको तस्बिर सार्वजनिक भएको छ । आखिर, बेहुला र बेहुली बन्दा यी दुई नेपाली चलचित्रका चिनिएका कलाकार कस्तो देखिए होलान् ?

चलचित्र ‘राधे’मा निखिल र प्रियंकाले बिहे गरेका छन् । निखिलको बेहुली बन्दा निकै उत्साहित हुँदै नायिका कार्कीले तस्बिर फेसबुकमा शेयर गरेकी छिन् ।

सुशिल पोख्रेलको निर्माणमा छायांकन भैरहेको यो चलचित्रलाई जगदिश्वर थापाले निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?