+
+

अखिल छैठौंको अध्यक्षमा विमल पोखरेल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १७ गते १३:४६

१७ असोज, काठमाडौं । जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)को २०औं राष्ट्रिय सम्मेलनले विमल पोखरेलको अध्यक्षतामा ३९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

Bimal-Pokhrel‘शैक्षिक समानता र राष्ट्रिय एकताको लागि २० औं सम्मेलन’ भन्ने मूल नाराका साथ यही असोज १४ गतेदेखि १६ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो ।

सम्मेलनले प्युठानका विमल पोखरेललाई अध्यक्षमा चयन गरेको हो । यसअघि अखिल छैठौंको अध्यक्ष अनिल किशोर घिमिरे थिए ।

यसैगरी उपाध्यक्षमा देवेन्द्र कुँवर (अर्घाखाँची), रेशम कँडेल (पाल्पा), महासचिवमा बाग्लुङका भिमलाल पोखरेल र कोषाध्यक्षमा ललितपुरका बसन्त खनाल चयन भएका छन् ।

यसैगरी सचिवमा महेश जोशी (कञ्चनपुर) र गणेश अधिकारी (कास्की) चयन भएको अखिल छैठौंले जनाएको छ ।

सचिवालय सदस्यमा मनु सिंजाली (काठमाडौं) र डबल तिरुवा (डोटी) चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?