Comments Add Comment

अनलाइनखबरकर्मी काप्री सम्मानित

uttam-kapri
१७ असोज, काठमाडौं । अनलाइनखबरकर्मी उत्तम काप्री सम्मानित भएका छन् । ‘एनएस क्वालिटी अवार्ड २०१५’ वितरण कार्यक्रममा नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरसम्बन्धी प्रवर्द्धनात्मक, जनचेतनामुलक समाचार सम्पेषण गरी उपभोक्तामा जनचेतना अभिवृद्धि गरेको भन्दै काप्रीलाई प्रसंसापत्रले सम्मानित गरेको हो ।

उद्योगमन्त्री नविन्द्रराज जोशी र विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले संयुक्तरुपमा प्रसंसापत्र प्रदान गरे ।

अढाई वर्षदेखि पत्रकारितामा सक्रिय काप्री डेढ महिनादेखि अनलाइनखबरको विजनेस व्यूरोमा कार्यरत छन् । उनले पत्रकारिता विषयमा रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर) बाट स्नात्तकोत्तरसम्म्को अध्ययन पुरा गरेका छन् ।

एनएस क्वालिटी अवार्ड वितरण कार्यक्रममा विभागले आफ्ना अवकाशप्राप्त कर्मचारीहरुलाई पनि प्रसंसापत्रद्धारा सम्मानित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment