Comments Add Comment

थारु सांसदले दिए अर्को विद्रोहको धम्की (भिडियोसहित)

yogendra Chaudhary Final

१८ असोज, काठमाडौं । सरकारलाई समर्थन गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदले थारुहरुलाई सरकारले सम्बोधन नगरे अर्को विद्रोह हुने धम्की दिएका छन् ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले सरकार गठनका बेलामा तीनबुँदे सहमति भएको सुनेको भन्दै फेरि बेइमानी भएको हो ? भन्ने प्रश्न गरे ।

सरकार गठन भएको दुई महिनासम्म संविधान संशोधन त परै जाओस्, सरकार आफैंले पूर्णता पाउन नसकेको भन्दै उनले सरकार संविधान संशोधन गर्न हच्किएको त होइन भने । उनले यदि संविधान संशोधन नभए स्थानीय तहसहितका कुनै पनि चुनाव हुन नसक्ने बताए ।

थारु मधेसीको मागलाई बेवास्ता नगर्न सचेत गराउँदै फोरम लोकतान्त्रिका सांसद चौधरीले भने, ‘टिकापुर घटनालाई लिएर विभिन्न तह हप्कामा बहस भए । यदि थारुहरुका बारेमा सरकारले सकारात्मक निर्णय लिएन भने थप विद्रोह हुने सम्भावना छ ।’

०५२ सालमा माओवादीको ४२ बुँदे मागलाई वेवास्ता गर्दा मुलुक १० वर्ष विद्रोह खेप्नु परेको भन्दै उनले मधेस र थारुलाई बेवास्ता गरे मुलुक थप संकटमा जाने र संविधान नै धरापमा पर्ने चेतावनी दिए ।

थरुहट तराई पार्टीकी सांसद गंगा चौधरीले टिकापुर घटनालाई लिएर निर्दोष व्यक्तिहरुलाई जेलमा राखिएको भन्दै विना शर्त रिहा गर्न माग गरेकी छन् । साथै उनले संविधान संशोधन गरेर थारु तथा मधेसी समुदायको असन्तुष्टि सम्बोधन गर्नु पर्नेमा जोड दिइन् ।

भिडियो हेर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment