+
+

होटल सांग्रिलाले ल्यायो ‘दशैं भोज’ प्याकेज

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १९ गते १८:३७

dashain foood in samgrila (1)
१९ असोज, काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर पाँचतारे होटल सांग्रिलाले ‘दशैं भोज’ प्याकेज ल्याएको छ । असोजको २३ देखि २६ गते (अष्टमी नवमी, दशमी र एकादशी) गरी चार दिनसम्म चल्ने प्याकेजमा मौलिक नेपाली खाना खुवाइने भएको छ ।

dashain foood in samgrila (2)
राजधानीबासी तथा दशैंमा घर जान नपाउनेहरुलाई लक्षित गर्दै ल्याइएको लन्च तथा डिनर प्याकेज हो । ‘दशैं भोज’ प्याकेज सस्तो र सुलभदरमा उपलब्ध गराउन लागिएको छ । स्वदेशी विदेशी दुबै ग्राहकलाई एउटै मूल्य तोकिएको होटलका एक्जिक्युटिभ सेफ महेशराज ढकालले जानकारी दिए ।

dashain foood in samgrila (10)
‘दशैं भोज’ प्याकेजमा ६ थरी स्न्याक्स उपलब्ध गराइने ढकालले बताए । स्न्याक्समा खशीको रक्ती, कलेजो तथा फोक्सो साँधेको, चिउरा र समइबजी, कालो भटमास साँधेको, कालो तिल हालेको आलुको अचार, कुखुराको सेकुवा, खसीको छोइला हुनेछ । यस्तै च्याउको झोल र खसीको खुट्टाको सुप पनि दशैं भाेज प्याकेजको मेनुमा छ ।

dashain foood in samgrila (9)
मुख्य खानातर्फ भेजका लागि ११ सय र नन भजका लागि १४०० सय रुपैयाँ प्रतिव्यक्ति शुल्क तोकिएको छ । मुख्य मेनुमा कालो खशीको लेदोबेदो (ग्रेभी), मिक्स तरकारी, गोबी केराउको तरकारी, झानेको साग, आलु तारेको, जिम्बुले झानेको कालो मासको दाल, नौनी घ्यू हालेको भात र फापरको रोटी उपलब्ध हुनेछ । यसैगरी साँधेको फलफूल पनि उपलब्ध गराउने होटलले जनाएको छ । दशैं विशेष चिजको केक पनि प्याकेजमा छ ।

dashain foood in samgrila (8)
होटलले गत वर्ष पनि पनि दशैं प्याकेज ल्याएको थियो । दशैंमा बाहिर गएर खाना चाहानेहरुका लागि यस्तो प्याकेज ल्याएको होटलले जनाएको छ ।

सांगि्रलामा ढकालसहित होटल एसोसिएसन (हान) ले राजधानीमा केही दिन अघि गरेको होटलहरुमा कार्यरत सेफहरुको प्रतियोगितामा उत्कष्ट ठहरिएका सूर्यप्रकाश ज्योति पनि सोस सेफका रुपमा छन् ।

surya jyoti
विभिन्न होटलमा कार्यरत सेफबीचको प्रतियोगितामा सहभागी सेफमध्येबाट सांगि्रला होटलका सेफ ज्योतिलाई यस वर्षको उत्कृष्ट सेफ घोषणा गरिएको थियो ।

dashain foood in samgrila (6)
dashain foood in samgrila (5)
dashain foood in samgrila (3)
dashain foood in samgrila (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?