Comments Add Comment

भारतीयसँग प्रेममा परिन् निर्वाचन आयुक्त इला शर्मा

इला भन्छिन्- भेट भएको हो, बिहेको कुरा सत्य होइन

quraishi-sharma

२० असोज, काठमाडौं । आगामी फागुन चैतभित्रमा स्थानीय चुनाव हुने हुने निश्चित नभए पनि निर्वाचन आयोगकी आयुक्त इला शर्माको विहे चाँहि भारतीय निर्वाचन आयोयका पूर्वआयुक्तसँग गर्ने निश्चित भएको छ ।

भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त एसवाई कुरैसीसँग प्रेम सम्बन्धमा रहेकी शर्माको बिहे हुन लागेको भारतीय सञ्चारमाध्यमहरु टेलिग्राफ र इण्डियन एक्सप्रेसले पुष्टिका साथ प्रकाशन गरेका छन् ।

एक वर्षअघि निर्वाचन आयोगसबन्धी अन्तर्राष्ट्रिय सेमिनारका क्रममा मेक्सिकोमा भेट भएका शर्मा र कुरेसीबीच त्यहीँबाट प्रेमको सिलसिला शुरु भएको भारतीय पत्रिकाले खुलासा गरेका छन् ।

उनीहरुबीचको प्रेम सम्बन्धको औपचारिक विवाह यसैसाता हुने दाबीसमेत रिपोर्टहरुमा गरिएको छ । कुरेसी ६९ वर्षका हुन् भने इला शर्मा ४९ वर्षकी ।

राजनीति र पैसा विषयक गोष्ठीमा भाग लिन गएका गएका बखत सन् २०१५ को सेप्टेम्बरमा मेक्सीकोमा यो जोडीको पहिलो भेट भएको थियो । यसबीचमा दुईपटक बिहे गर्ने भनिए पनि दुईपटक नै विभिन्न कारणले रोकिएको कुरेसीले बताएका छन् ।

कुरेसी आफ्नी पत्रकार श्रीमती हुमरा कुरेसीसँग सम्बन्ध बिच्छेद गरेपछि एकल थिए भने इला शर्माका पति नवराज पौडेल माओवादीको आक्रमणमा परी जाजरकोटको पाँचकटियामा १५ वर्षअघि मारिएका थिए । उनी त्यसबेला नेपाल प्रहरीको इन्सपेक्टर थिए ।

को हुन् एसवाई कुरैसी ?

S-Y-Kuraisiसन् १९४७ जून ११ मा दिल्लीमा जन्मिएका ६९ वर्षीय डा. एसवाई कुरैसीको पूरा नाम सहबुद्धिन याकूब कुरैसी हो । उनी इस्लाम धर्मावलम्बी हुन् ।

कुरैसी भारतमा प्रमुख निर्वाचन आयुक्त पदमा पुग्ने पहिलो मुसलमान हुन् । विभिन्न पुस्तकसमेत लेखेका विद्वान कुरैसी सन् २०१० जुलाई ३० देखि २०१२ जून १० सम्म भारतको प्रमुख निर्वाचन आयुक्त थिए ।

कुरैसीले भारतको युवा तथा खेलकुद मन्त्रालयको सचिव भएर पनि काम गरेका छन् । उनी भारतको प्रशासनिक सेवामा सन् १९७१ को ब्याच हुन् । उनले कम्युनिकेशन एण्ड सोसियल मार्केटिङमा पीएचडी गरेका छन् । उनले विभिन्न अन्तरराष्ट्रिय पुरस्कार एवं अवार्डसमेत पाएका छन् ।
कुरैसी दिल्लीस्थित क्लष्टर इनोभेसन सेन्टरमा मानार्थ प्राध्यापक समेत हुन् ।

जब अन्ना हजारेले भारतको निर्वाचन प्रणालीमा ‘राइट टु रिकल’ र ‘राइट टु रिजेक्ट’ को माग गरेका थिए, कुरैसीले यसको विरोध गरेका थिए । पछि उनले टेलिभिजनको अर्को अन्तरवार्तामा ‘राइट टु रिजेक्ट’ बारे विचार गर्न सकिने बताएका थिए ।

इलासँगको आफ्नो प्रेमसम्बन्धबारे भारतीय पत्रिकाटेलिग्राफले सोधेको प्रश्नमा कुरैसीले यो ‘हामीवीचको व्यक्तिगत बन्धन हो’ भनेका छन् । साथै उनले इलाको वैयक्तिक संवेदनशीलताको समेत ख्याल गरिदिन टेलीग्राफसँग आग्रह गरेका छन् ।

इला भन्छिन्- भेट भएको हो, बिहेको कुरा सत्य होइन

भारतीय मिडियामा प्रेम र विवाहबारे चर्चा भएपछि इला शर्माले बिहीबार काठमाडौंबाट कुरैसीसँग टेलिफोनमा कुरा गरेकी छिन् । आफूले प्रेम र विवाहका बारेमा मिडियासँग केही नबताएको कुरैसीले इलालाई फोनमा जवाफ दिएका छन् ।

आफ्नो विषयमा आएको समाचारबारे सोध्दा शर्माले भनिन्- ‘उहाँसँग मेरो भेट भएको हो । तर, विवाहका बारेमा कुरा भएको होइन । त्यो समाचारमा सत्यता छैन ।’

भारतीय मिडियामा समाचार आएपछि आफूले फोन गरेर सोधेको पुष्टि गर्दै शर्माले भनिन्-‘समाचार आएपछि कुारकानी भयो, उहाँले पनि त्यस्तो बताएको होइनरहेछ । यसको पछि नलागौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment