Comments Add Comment

निर्वाचन क्षेत्रको बजेट दिन प्रदेश सांसदको माग

१३ चैत, विराटनगर । प्रदेश १ का सांसदहरुले प्रदेश निर्वाचन क्षेत्रका लागि छुट्याइएको रकम निकासा गर्न माग गरेका छन् ।

बुधबारको प्रदेशसभा बैठकमा सांसदहरुले प्रदेश निर्वाचन क्षेत्रमा दुई करोडका दरले छुट्याएको संसद विकास कोषको बजेट निकासा गर्न प्रदेश सरकारसँग माग गरेका हुन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५/७६ को बजेटमा प्रदेश १ का ५६ वटा प्रदेश निर्वाचन क्षेत्रका लागि प्रदेशसभा सदस्यलाई संसद विकास कोष मार्फत दुई करोडका दरले विकास खर्च दिने उल्लेख गरेको थियो ।

प्रदेशसभा सदस्य महम्द तायिर मियाँले संसद विकास कोषका लागि योजना पेश भई स्वीकृत भइसक्दा पनि रकम निकासामा नहुनु दुखद भएको बताए ।

‘योजना पेश भएको यतिका धेरै समय भयो, विकास त परै जाओस्, पैसा छौन भने भन्नुप¥यो, उनले भने ‘नत्र विकास कोषको रकम निकासामा ढिलाई गरेर कोषको रकम फ्रिज गर्न मिल्दैन’ उनले भने ।

प्रदेश सांसद हिराकुमार थापाले पनि पूर्वाधार विकासको रकममा एकद्वार प्रणाली अपनाउन सरकारसंग माग गरे ।
उनले प्रदेशसभा सदस्यहरुलाई जानकारी नै नदिई पूर्वाधार विकासका योजना सरकारले स्वीकृत गरेकाले यस्तो काम अविलम्ब रोक्न माग गरे ।

प्रदेश सांसद राजन राईले खोटाङका हर्कबहादुर विश्वकर्माको मोरङ कारागारमा रहस्यमय तरिकाले मृत्यु भएको भन्दै छानबिन गर्न माग गरे । प्रदेश सांसद सुयर्माराज राईले बुधबार मोरङको सुन्दर हरैचास्थित सुकुना बहुमुखी क्याम्पसमा अखिलका विद्यार्थीले नेविसंघका विधार्थीमाथि आक्रमण गरी घाइते बनाएको घटनाको छानबिन गर्न माग गरे ।

बुधबारको बैठकमा प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सामान्य छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment