Comments Add Comment

भक्तपुरमा सवारी दुर्घटना, नारायणमान बिजुक्छेकी भाइबुहारीको ज्यान गयो

२० असोज, काठमाडौं । भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

Trukकाठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.४ ख. ३०२० नं.को ट्रिपरले बा.३४ प. ६३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा ४९ की ईन्दिरा बिजुक्छेको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी उनको नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक ५५ वर्षका राजामान बिजुक्छे घाईते भएका छन् । राजामान–इन्दिरा नेपाल मजदुर किसान पार्टीका नारायणमान विजुक्छेका भाइबुहारी हुन् ।

राजामानको खुट्टामा चोट लागेको छ । र, उनको नागरिक अस्पतालमै उपचार भइरहेको छ  ।

दुर्घटनापछि चालक भागेका थिए । रामेछाप मन्थली न.पा.-९ घर भई हाल भकुन्डेवेशी काभ्रे बस्ने २५ बर्षीय शिवबहादुर भुजेललार्इ कोटेश्वरमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment