Comments Add Comment

च्याङग्रा नआउने भएपछि ताप्लेजुङमा मासुको समस्या, खसीको भाउ बढ्यो

changra२१ असोज, ताप्लेजुङ । यसवर्ष दशैं तिहारका लागि ताप्लेजुङमा तिब्बतबाट भेडा च्याङग्रा आयात नभएपछि ताप्लेजुङमा मासुको जोहो गर्न समस्या भएको छ ।

खसीको मासुको भाउ पनि बढेको र च्याङ्ग्रा पनि नभित्रिदा सदरमुकाम फुङ्लिङ बजार क्षेत्रमा मासुको अभाव हुने भएको हो ।

वर्षाका  कारण तिब्बती मार्गहुँदै सदरमुकाम फुङ्लिङ आउने पदमार्ग पहिरोले बिगि्रएको साथै चिनियाँ रुपैयाँ बढेकाले तिब्बतमै भेडा च्याङग्रा महँगो पर्ने भएपछि आयात गर्न सम्भव नभएको स्थानीय व्यापारीको चुन्दाक शेर्पाले बताए ।

सदरमुकाममा खसीको मासु प्रति किलो ६ सय रुपैयाँ पुगेको छ भने भेडा पनि पर्‍याप्त पाउन छाडेको उपभोक्ताको भनाइ छ ।

चीनको तिब्बतबाट ल्याईने च्यङ्ग्रा हिडाउनलाई विभिन्न स्थानको पहिरोका कारण वैकल्पिक मार्ग अपनाउनु पर्दा घुन्साबाट ढासा हुँदै ओलाङ्चुङगोला र अर्को पापुङको सिम्बुकबाट लोदेन हुँदै ओलाङ्चुङगोला पुग्नुपर्नेहुँदा ल्याउने सम्भावना नरहेको लेलेपका स्थानीय व्यापारी शेर्पाले बताए ।

उक्त दुईवटै मार्ग तय गर्नका लागि अरु पाँच/सात दिन बढी समय लाग्ने हुँदा व्यापार गर्न गाह्रो भएको उनीहरुको भनाइ छ । भेडा पर्‍याप्त नपाईने, खसीको मासु बढेको र च्याङ्ग्रा पनि नभित्रिदा कुखुराको मासुको खपत बढ्ने देखिएको छ ।

यसवर्ष व्यापारीले केही भेडा च्याङ्ग्रा तिब्बतबाट आयात गरेपनि यसको कारोबार उपल्लो ताप्लेजुङमै सीमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment