Comments Add Comment

पेटमा ग्यास भरिन्छ ? त्यसो भए यसो गर्नुस्

stomatchअस्वस्थकर खानपान तथा जिवनशैलीका कारण अहिले आम मानिसहरुमा पेटमा ग्यास भरिने अर्थात् पाद र डकार आउने जस्ता समस्या आम समस्या बनिरहेका छन् ।

पोषण विज्ञहरुका अनुसार मानिसका केही बानी व्यहोराहरु पेटमा ग्यास भर्नमा जिम्मेवार हुन्छन् । त्यसैले पेटमा ग्यास भरिनबाट रोक्नका लागि त्यस्ता आनीबानी तथा खानेकुराबाट बँच्नुपर्छ ।

·  खानेकुरालाई राम्रोसँग नचपाई खानाले खाना पच्नमा समय लाग्दछ । खाना राम्रोसँग नपचेपछि एसिड बन्न थाल्दछ र पेटमा ग्यास भरिन थाल्दछ । त्यसैले खानेकुरा खाँदा हडबडाउने र छिटो छिटो नचपाइकन निल्ने काम गर्नु हुँदैन । राम्रोसँग चपाएर खानुपर्छ ।

·   निद्रा कम हुनाले पनि खानेकुरा अपच हुने समस्या पैदा हुन्छ । दिनमा ७ घण्टाभन्दा कम समयको निद्राले अपचको समस्या हुन्छ र यसले पेटमा ग्यास पैदा गर्दछ । त्यसैले पर्याप्त निद्रा लिनुहोस ।

·   व्यायाम, हिँडडुल तथा शारीरिक गतिविधि नगर्दा सरीरको मेटाबोलिज्म धिमा हुन्छ । यसो हुँदा खानेकुरा ठीक ढंगले पच्न पाउँदैन र ग्यासको समस्या सिर्जना हुन्छ ।

·  लामो समयसम्म लगतार बसेर कम गर्नाले खाएको खाना राम्रोसँग पच्न पाउँदैन । यसले गर्दा पेटमा आवश्यकता भन्दा बढि अम्ल जम्मा हुन्छ र ग्यासको समस्या सिर्जना हुन्छ ।

·   सोडा तथा कोल्ड डि्रंक्समा कार्बनडाइअक्साइड उच्च मात्रामा पाइन्छ । यसले पेटमा गएर एसिड पैदा गर्दछ । त्यसैले कोल्ड डि्रंक्स तथा सोडापानी धेरै पिउँदा पनि पेटमा ग्यासको समस्या हुन्छ ।

·  भुजिया, समोसा जस्ता तारेको खानेकुराहरुमा चिल्लोको मात्रा अधिक हुन्छ । यो सजिलैसँग पच्न पाउँदैन र त्यसले पेटमा ग्यास उत्पादन हुन थाल्दछ । त्यसैले तारेको खानेकुराहरु धेरै खानु हुँदैन ।

·  बियर तथा वाइन धेरै पिउनाले पनि पेटमा ग्यासको समस्या पैदा हुन्छ । किनकी यी पेय पदार्थ पिउनाले पेटमा आवश्यकता भन्दा बढि एसिड उत्पादन हुन्छ । त्यसैले बढि बियर तथा वाइन पिउनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment