+
+

दशैं बिदा मनाउने पर्यटकले मुस्ताङका होटल भरिभराउ

रासस रासस
२०७३ असोज २७ गते १२:१३

 Yartung_Festival-Mustang-8
२७ असोज, मुस्ताङ । दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा आउन थालेपछि यहाँका होटल खचाखच भरिएका छन् ।

दशमीको भोलिपल्टदेखि नै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

माटोको सहरका रुपमा परिचित लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण दसैँ र तिहारको बिदा मनाउन यो मौसममा हजारौँ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । बेनी–जोमसोम हुँदै मोटरसाइकलमार्फत जिल्ला भित्रिने पर्यटक बढी रहेको होटल व्यवसायीले बताएका छन् ।

दसैँलगत्तै जिल्लामा आन्तरिक पर्यटकको आवागमन बढेको मुस्ताङका पर्यटन व्यवसायी खगेन्द्र तुलाचनले जानकारी दिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जिल्लामा भित्रिने आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि यो मौसममा बाह्य पर्यटकभन्दा दोब्बर आउने गरेको जनाएको छ ।

खासगरी पछिल्लो तीनवर्षयता नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास भएका कारण जिल्लाको पर्यटन क्षेत्र अहिले आन्तरिक पर्यटककै भरमा सञ्चालन हँुदै आएका छन् ।

दसैँ सुरु हुनुअगावै मुस्ताङका ५० प्रतिशत होटल अग्रिम बुकिङ भएका थिए । तिहारसम्म पर्यटकको चहलपहल यस्तै हुने व्यवसायीले बताएका छन् ।

“लेतेदेखि माथि लोमान्थाङसम्म करिब १५० होटल सञ्चालनमा छन्, अहिले सबै भरिभराउ छन्”, पर्यटन व्यवसायी तुलाचनले भने – “एकदमै राम्रो व्यापार भइरहेको छ ।” यो मौसममा विद्यार्थी, अभिभावक, विभिन्न सङ्घसंस्थामा कार्यरत कर्मचारी मुस्ताङ भ्रमणमा आउने गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?