Comments Add Comment

मिथुनको स्वास्थ्य खराब, यसकारण छैनन् भारतमा

mithoon chakrabarti
बलिउडमा आफ्नो एक्सन र नृत्य शैलीका कारण चर्चामा रहेका नायक मिथुन चक्रवर्ती अहिले हराए जस्तै छन् । उनी, विभिन्न सभा र समारोहमा पनि उपस्थित छैनन् ।

आखिर, यसको पछाडि के थियो त कारण ? मिथुनको स्वास्थ्य अवस्था अहिले खराब बनेको छ । जसकाकारण, उनी अहिले भारतमा छैनन् । केही दिनदेखि बिरामी भएका कारण उनी अमेरिकामा रहेको मिथुनका म्यानेजर विजयले भारतीय मिडियासँग बताएका छन् ।

उनी अक्टोबरको अन्तिम हप्तासम्ममा भारत फर्कन सक्ने उनका म्यानेजरको भनाई छ । मिथुन ब्याक पेनका कारण समस्यामा छन् । जसकाकारण उनी उपचारका लागि अमेरिकाको लस एन्जल्स पुगेका छन् । सन् २००९ मा चलचित्र ‘लक’को छायांकनका क्रममा मिथुन घाइते भएका थिए । यसपछि, उनी यो समस्याबाट ग्रसित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment