Comments Add Comment

सय बर्ष पुरानो कथामा ‘पुरानो पुस्ता’

purano pusta news
एक सय बर्ष पहिलेको कथामा निर्माण भएको चलचित्र ‘पुरानो पुस्ता’ मंसिर ३ गतेबाट देशभर रिलिज हुने भएको छ । लोरिना फिल्मस् प्रालिको प्रस्तुतिमा तयार भएको भएको यो चलचित्रलाई दीप सागरले निर्देशन गरेका हुन् । यो चलचित्र मंसीर ३ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

रोल्पा र प्युठानमा छायांकन गरिएको चलचित्रमा शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, श्रृष्टी, कृष्ण सुनार, तेजबहादुर तामाङ, मेनुका लगायतका कलाकारको अभिनय छ । सावित्री ओली कार्यकारी निर्माता रहेको चलचित्रमा सञ्जिव पौडेलको लेखन र दीपसागरकै छायांकन छ । निर्देशक दीपसागरले राप्तीका पहाडी जिल्लाहरुको रमणीय दृष्य चलचित्रमा उतारेको बताए ।

‘पहिलेका मानिसहरुले दैनिकी गुजार्न गरेको संघर्ष कथामा चित्रण गरिएको छ’, उनले भने-‘नुन, तेल किन्न कहाँ जानुपर्दथ्यो र कतिसम्म दुःख गर्नुपथ्र्यो भन्ने कुरा चलचित्रमा देखाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment