Comments Add Comment

बन्ने भयो ‘अग्नीदह’, कथा भने बोक्सी प्रथाको विरुद्धमा

agnidaha movie ghosana

चलचित्र ‘धौली’ निर्देशन गरेका निर्देशक घनश्याम लामिछानेले नयाँ चलचित्र ‘अग्नीदह’को निर्माण घोषणा गरेका छन् । आइतबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र निर्माण हुन लागेको जानकारी दिइएको हो ।

‘बोक्सी कुप्रथा अन्त्यको महाभियानका लागि नेपाल’ नामक सामाजिक संस्थाले यो चलचित्र निर्माण गर्दैछ । संचार सचिव दिनेश थपलियाले पहिलोपटक कुनै पनि नेपाली चलचित्र निर्माणका लािग आवश्यक सहयोगको आग्रहसहितको परिपत्र सबै मन्त्रालयलाई पठाइएको बताए ।

निर्देशक लामिछानेले समाजले भुलेको बिषयमाथिमाथि चलचित्र बनाउन लागेको बताए । चलचित्र छायांकन हेटौंडा, चितवनसहित पोखरामा समेत हुने छ ।

चलचित्रमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, प्रकाश घिमिरे, माओत्से गुरुङ, तुलसा जिसी, तारा गुरुङ, विष्णु बाँस्तोला, ओम पौडेल लगायतको अभिनय रहनेछ । लोकमणी पौडेलको पटकथा, दीर्घ गुरुङको छायांकन, जेसन कुँवरको पाश्र्वसंगीत, दीर्घ खड्का सम्पादन चलचित्रमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment