Comments Add Comment

ग्वार्डिओलालाई इनरिकेको सन्देशः मेस्सी झनै लयमा छन्

inrique and pep

काठमाडौं । लुइस इनरिकेले आफ्ना पुराना साथी पेप ग्वार्डीओलालाई भनेका छन् कि लियोनल मेस्सीले टिममा पुनरागमन गरेका छन् र उनी झनै उत्कृष्ट लयमा छन् ।

बार्सिलोनाका प्रशिक्षक इनरिकेले नाउ क्याम्पका पूर्व टिममेट पेप ग्वार्डिओलाको सामना बुधबार गर्नेछन्, जब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग अन्तगर्तको खेलका लागि बुधबार बार्सिलोना पुग्नेछ ।

मेस्सी चोटमुक्त हुँदै मैदानमा फर्किएको पहिलो खेलमै गोल गर्न सफल भएपछि ला लिगामा बार्सिलोनाले डेपोर्टिभो ला कोरुनालाई ४-० ले हराएको थियो । यसकारण पनि आसन्न खेलका लागि इनरिके उत्साहित देखिन्छन् ।

उनले भने, ‘मेस्सीले पुनरागमन गरेका छन् र उच्च लयमा छन् । मैले सिटीलाई हेरिरहेको छु कि उनीहरुसँग धेरै विकल्प छन् ।’

उनले थपे, ‘तर हाम्रा प्रतिद्धन्दी टिमका प्रशिक्षक पनि जान्दछन् कि रुपान्तर र सामरिक सम्भावनाका कारण हामीलाई रोक्न निक्कै मुस्किल हुनेछ ।’

इनरिकेले गत शनिबार ३-४-३ को नयाँ फर्मेसनमा टोलीलाई मैदानमा उतारेका थिए । तर, सिटीसँगको खेलमा हुने योजनाबारे भने उनले केहि बताएका छैनन् ।

उनले थपे, ‘मैले पेपसँग कुरा गरेको छैन । यो सिटीबिरुद्धको खेलमा तयार हुनका लागि राम्रो तरिका थियो । उनीहरु निक्कै आकर्षक प्रतिद्वन्द्वी हुन् ।’

‘उनीहरुको एकपछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै गइरहेका छन् त्यसका लागि प्रशिक्षकलाई धन्यबाद । तर, म सिटी बिरुद्धको रणनीतिबारे तपाईंहरुलाई केहि बताउन चाहन्नँ’ उनले भने ।

‘मेरो जीवनकालमा एक मानिसले बार्सिलोनालाई महान टोलीमध्ये एक बनाउन सफल भए । ती व्यक्ति मेस्सी हुन्, ग्वार्डिओला होइनन् ।’
अर्जेन्टिनाका एक प्रतिभाशाली स्टार चोटका कारण तीन साताको आरामपछि गत सातामात्र मैदान फर्किए र बार्सिलोनामा आवद्ध भएको १२औं बर्षगाँठ मनाए ।

सब्सिच्युड खेलाडीको रुपमा मैदान छिरेको एक मिनेटमै गोल गरेर उनले आफुलाई उत्कृष्ट लयमै रहेको प्रमाणित मात्र गरेनन्, बार्सिलोना अनुबन्धको १२ बर्षको खुसीयाली पनि मनाए ।

Messi

सन् २००४ को अक्टोबर १६ का दिन मेस्सीले बार्सिलोनाबाट स्पोलियोबिरुद्धको खेलमा डेब्यु गरेका थिए । र फुटबललाई सधैका लागि परिवर्तन गरिदिए ।

त्यसपछि तीन फरक-फरक प्रशिक्षकले बार्सिलोनाबाट च्याम्पियन्स लिग दिलाएका छन् भने चार फरक प्रशिक्षकले ला लिगाको ट्रफी उचालेका छन् ।

अनि मेस्सीले पाँच पटक फिफा बेलोन डि’ओर, चार पटक च्याम्पियन्स लिग र आठ पटक ला लिगाको उपाधिका साथै दर्जनभन्दा बढी अन्य उपाधि र बार्सिलोनाका लागि सर्बाधिक गोलकर्ताको कीर्तिमान पनि बनाएका छन् ।

मेस्सी अद्धितीय छन् र च्याम्पियन्स लिगमा समूह बिजेता बन्न पेपका लागि मेस्सीलाई रोक्नु पहिलो चुनौति हुनेछ ।

पेपले सन् २०१२ मा बार्सिलोना छाडेपछि यी दुईको भेट एक पटकमात्र भएको छ । १८ महिनाअघि बार्यन म्युनिखबिरुद्ध मेस्सीले दुई गोलको निर्णायक प्रदर्शनपछि बार्सिलोनाले म्युनिसलाई च्याम्पियन्स लिगबाट बाहिर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment